Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कोशी प्रदेशका ५ कलाकार सम्मान गर्दै बिर्तामोडमा ‘चलचित्र महोत्सव’ सम्पन्न

✍ सुवास संकल्प
मंसिर ११, २०८१ मा प्रकाशित
कोशी प्रदेशका ५ कलाकार सम्मान गर्दै बिर्तामोडमा ‘चलचित्र महोत्सव’ सम्पन्न

इटहरी/ नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशद्वारा आयोजित ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव’ झापाको बिर्तामोड नगरपालिका-५, धर्मकाँटा रोडमा सफलतापूर्वक सम्पन्न भएको छ । यो महोत्सवको चलचित्र तर्फका गतिविधिहरु भने सम्पन्न भएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगरसमितीले आयोजना गरेको मेला तथा साङितिक कार्यक्रम भने यथावत नै रहेको छ । मङ्सिर ३ गतेदेखि सुरु भएको चलचित्र महोत्सव मङ्सिर ९ गते समापन गरिएको हो । समापन समारोहमा कोशी प्रदेशका ५ जना वरिष्ठ कलाकारहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अभिनेता प्रेम सुब्बा, हेमन्त बुढाथोकी, निर्देशक बिजय केरुङ, कलाकार तथा निर्माता केशव रायमाझी र द्वन्द कलाकार संघका अध्यक्ष विपिन प्रसाईं रहेका थिए ।

कलाकार रायमाझी काठमाडौँमा रहेकाले सम्मान ग्रहण गर्न उपस्थित हुन सकेनन् । महोत्सवको समापन समारोह आयोजक संस्थाका अध्यक्ष केवल तामाङको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा केचना-कन्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव कुमार धौराली रहेका थिए । विशेष अतिथिका रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका शाखा अधिकृत नारायण भण्डारी र सञ्चार शाखा प्रमुख सौगात लिम्बू रहेका थिए ।

महोत्सवको महत्वपूर्ण कार्यक्रममध्ये ‘अभिनय कार्यशाला’ पनि रहेको थियो । उक्त कार्यशालामा झापाका ३० जना सहभागी भएका थिए । प्रेमगीत र खजुरे ब्रो फिल्मका मनिष राउतले उक्त कार्यशालामा प्रशिक्षण दिएका थिए । फिल्म निर्माणमा स्नातक गरेका र एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकका रूपमा कार्यरत राउतले सहभागीलाई अभिनयको प्रयोगात्मक ज्ञान दिएका थिए । समापन समारोहमा कार्यशालामा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । महोत्सवका क्रममा कोशी प्रदेशमै निर्मित तथा कोशी प्रदेशकै कलाकारहरूको अभिनय समावेश भएका ७ वटा फिल्म प्रदर्शन गरियो ।

ती फिल्महरूमा माङेना, वानर सेना, लिलामे माईला, नालापानी, कृष्णलिला, बिहेपास र चारदाम रहेका थिए । समापन समारोहमा यी फिल्मका निर्माण टिमलाई कदरपत्र प्रदान समेत गरियो । आयोजक संस्थाका अध्यक्ष केवल तामाङले महोत्सवमार्फत कोशी प्रदेशका सिनेमालाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न प्रयास गरिएको बताए । यस्तै खुला चौरमा ठूलो एलईडी स्क्रीनमार्फत फिल्म देखाउने नयाँ शैलीको सुरुवात गरिएको र यसले धेरैको ध्यान आकर्षित गरेको संघका वरिष्ठ उपाध्यक्ष सुबास मेचेको भनाई छ । महोत्सवले झापा जिल्लामा चलचित्र तथा पर्यटनको महत्वलाई बढाउन योगदान गरेको मेचेको भनाइ छ ।

महोत्सवको समापन समारोहमा बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङ, नेपाल तामाङ घेदुङ बिर्तामोड अध्यक्ष विजय तामाङ, नेपाल पर्यटन बोर्ड सदस्य कृष्ण शाह, किशोर सम्बाहाम्फे, चलचित्र निर्माता युवराज गिरि, तामाङ चलचित्र संघ कोशी प्रदेश अध्यक्ष भिम लामा, द्वन्द कलाकार संघ अध्यक्ष विपिन प्रसाईं, निर्देशक समाज कोशी प्रदेश अध्यक्ष लाखमान योन्जन, निर्माता आरबी थाङ्देन, निर्देशक कुमार केसी, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश सचिव सुवास संकल्प श्रेष्ठ र प्रेमगीत ३ अभिनेता मनिष राउतलगायतको उपस्थिति थियो । महोत्सवले चलचित्र र पर्यटनको संगममार्फत बिर्तामोड सहित समग्र कोशी प्रदेशको सांस्कृतिक एवं कलात्मक पहिचान उजागर गर्न मद्दत गरेको छ ।

अगाडिकाे पाेस्ट

समीर भट्ट स्टारर ‘बलिदान’को दोस्रो सेड्युलको छायांकन मोरङको रङ्गेलीबाट सुरु

अर्काे पाेस्ट

बैशाख २६ लाई प्रदर्शन मिति लक गर्दै विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ पोस्टर रिलिज

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana