Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीमा सुरु भयो ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’

✍ परिकला न्यूज
मंसिर १, २०८१ मा प्रकाशित
इटहरीमा सुरु भयो ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’

इटहरी/ नेपाल र युरोपबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा चार दिने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ सुरु भएको छ । इटहरीको इलाईट सिनेमा हलमा आयोजित महोत्सवको उद्घाटन समारोह कार्तिक ३० गते साँझ ५ बजे सम्पन्न भएको थियो । उद्घाटन समारोहमा नेपाली चलचित्र उद्योगका चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

महोत्सवको पहिलो दिन हाल प्रदर्शनरत फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’का प्रमुख कलाकार विजय बराल, प्रेमगीत सिरिजका निर्माता सन्तोष सेन, वरिष्ठ अभिनेता प्रेम सुब्बा, १२ गाउँ फिल्मका लेखक तथा अभिनेता सन्तोष सरकार, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधान, सुनसरीका सिडिओ रामचन्द्र तिवारी र कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठजस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

उद्घाटन समारोहमा आमन्त्रित अतिथिहरूका लागि आकांक्षा कार्कीद्वारा निर्देशित नेपाली सर्ट फिल्म ‘सनै’ र भिक्टोर बोजिन्भो निर्देशित बुल्गेरियन फिल्म ‘झिगुली ब्याण्ड’ प्रदर्शन गरिएको थियो । आज मंसिर १ गते महोत्सवको दोस्रो दिन बिहान ११ बजे ‘पूर्वी नेपालमा नेपाली चलचित्र निर्माणका चुनौती र अवसरहरू’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिदैँछ । उक्त कार्यक्रममा निर्देशक तथा लेखक मनोज पण्डित प्रमुख वक्ताका रूपमा रहनेछन् । उनीसँगै कलाकार संगीता श्रेष्ठ र निर्देशक अरुण कुमार प्रधान वक्ताका रूपमा सहभागी हुनेछन् भने कार्यक्रमको सहजकर्ता मनोज दाहाल रहनेछन् ।

त्यसपछि १:३० बजे नेपाली सर्ट फिल्म ‘फेरा’ र युरोपियन फिल्म ‘लोला’, ३:४५ बजे नेपाली सर्ट फिल्म ‘लेट्स टक पिरियड’ र युरोपियन फिल्म ‘ला पिरोग’ तथा साँझ ६ बजे नेपाली सर्ट फिल्म ‘रातो पछयौरी’ र युरोपियन फिल्म ‘ल्याम्ब’ प्रदर्शन गरिनेछ । त्यस्तै महोत्सवको तेस्रो दिन अर्थात मंसिर २ गते बिहान ११ बजे नेपाली सर्ट फिल्म ‘मखमली उडान’ र युरोपेली फिल्म ‘द स्ट्रेन्ज केस अफ ज्याकी केईयु’ प्रदर्शन गरिनेछ भने दिउँसो १:४५ बजे नेपाली सर्ट फिल्म ‘काठमाडौ मनसुन’ र युरोपेली फिल्म ‘स्कुल गर्ल्स’ र ४:३० बजे नेपाली सर्ट फिल्म ‘आखत’ र युरोपियन फिल्म ‘मिस भिबोर्ग’ प्रदर्शन गरिनेछ ।

मंसिर ३ गते महोत्सवको अन्तिम दिन बिहान ११ बजे नेपाली सर्ट फिल्म ‘हावामेन’ र युरोपेली फिल्म ‘ले पेटिट निकोलस’ प्रदर्शन हुनेछ । त्यसपछि दिउँसो १:४५ बजे नेपाली फिल्म ‘द बुल, द काउ र द काफ’ देखाइनेछ भने अन्तिम शो साँझ ५ बजे पुनः नेपाली सर्ट फिल्म ‘सनै’ र युरोपियन फिल्म ‘द नकेड ट्रुथ अबाउट झुगिली ब्याण्ड’ प्रदर्शन हुनेछ । यो चलचित्र महोत्सवको व्यवस्थापन कपिल पराजुली र चन्दा दाहालले गरेका छन् भने स्थानिय सहयोगी सुवास संकल्प श्रेष्ठ र बिकल रेग्मीले गरिरहेका छन् । नेपालस्थित युरोपियन युनियनको कार्यालयले आयोजना गरेको यो महोत्सवले नेपाली र युरोपियन चलचित्रबीचको आदानप्रदानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

चर्चित कृति ‘परालको आगो’मा फिल्म बन्ने, आगामी ८२ को दशैँमा रिलिज

अर्काे पाेस्ट

यी हुन् ‘नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव’मा आज प्रदर्शन गरिने फिल्महरु

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana