Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मङ्सिर १८ गते धरानमा ‘याक्थुङ सिने अवार्ड २०८१’ आयोजना गरिने

✍ सुवास संकल्प
कार्तिक २५, २०८१ मा प्रकाशित
मङ्सिर १८ गते धरानमा ‘याक्थुङ सिने अवार्ड २०८१’ आयोजना गरिने

इटहरी/ ‘याक्थुङ सिने अवार्ड २०८१’ मङ्सिर १८ गते धरानमा आयोजना हुने भएको छ । जसले लिम्बु चलचित्र र चलचित्रकर्मीहरूको योगदानलाई सम्मानित गर्ने एक ऐतिहासिक मञ्च समेत बन्ने भएको देखिन्छ । याक्थुङ चलचित्रकर्मी संघ नेपालको केन्द्रिय समितीले आयोजना गर्ने यो अवार्ड कार्यक्रम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा हुनेछ ।

शनिबार धरानस्थित धरान किचनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै यो जानकारी गराईएको हो । संघका अध्यक्ष नबिन मेन्याङ्बोले अवार्ड समारोहबारे विस्तृत जानकारी दिदै अवार्ड दुई विधामा प्रदान गरिने बताए । ती हुन् फिचर चलचित्र र लघु चलचित्र । चलचित्र विधामा ७ र लघु चलचित्र विधामा ५ अवार्ड वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

फिचर चलचित्र विधामा सर्वोत्कृष्ट चलचित्र, निर्देशक, नायक, नायिका, चरित्र अभिनेता, चरित्र अभिनेत्री र पब्लिक च्वाइस अवार्ड प्रदान गरिनेछ भने लघु चलचित्र विधामा उत्कृष्ट लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री र पब्लिक च्वाइस अवार्ड समावेश हुनेछ । अवार्ड समारोहमा २०७९, ८० र ८१ सालमा बनेका फिचर फिल्म र लघु फिल्महरुलाई मात्र समावेश गरिनेछ भने दर्ताको लागी मङ्सिर ५ गतेलाई अन्तिम मिति तोकिएको छ ।

कार्यक्रममा चर्चित कलाकारहरू, विभिन्न तहका प्रतिष्ठित व्यक्तिहरू र लिम्बु भाषाका विशिष्ट चलचित्रकर्मीहरूको उपस्थिति रहने बताईएको छ । अवार्डको जुरीहरूलाई गोप्य राखिए पनि आयोजकले ख्यातिप्राप्त याक्थुङ भाषाका विशेषज्ञ र चलचित्रकर्मीहरूलाई समावेश गरिएको सम्मेलनमा जानकारी गराएको छ । आयोजकका अनुसार दर्ता भएका फिल्महरु जुरिको निर्णय अनुसार उत्कृष्ट फिल्महरु नोमिनेसन गरिनेछ त्यसपछी अवार्ड समारोहमा हरेक अवार्डका लागी ३/३ ओटा फिल्म नोमिनेसनबाट छनौट गरिनेछ । त्यसबाट १ फिल्मलाई अवार्ड वितरण गरिने छ ।

याक्थुङ चलचित्रकर्मी संघको यो प्रयासले नेपाली चलचित्र क्षेत्रमा याक्थुङ भाषाका चलचित्र र कलाकारहरूको योगदानलाई विशेष सम्मान दिनेछ । संघका अनुसार, याक्थुङ सिने अवार्ड नेपाली चलचित्र उद्योगमा याक्थुङ भाषाका चलचित्र र कलाकारहरूको कला र सिर्जनशीलतालाई प्रोत्साहित गर्न र उनीहरूलाई एकत्रित गराउने एक महत्त्वपूर्ण अवसर हुनेछ ।

अगाडिकाे पाेस्ट

मार्मिक कथा बोल्ने ‘तेल भिषा’को ट्रेलर सार्वजनिक, फिल्म मङ्सिर ७ गते रिलिज हुने

अर्काे पाेस्ट

फिल्म ‘अञ्जिला’को पोस्टर सार्वजनिक, वर्ल्ड प्रिमियर मङ्सिर २३ र नेपाल रिलिज फागुन २९

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana