इटहरी/ नाजिर हुसेन र श्रृष्टी श्रेष्ठ अभिनीत चलचित्र ‘केटी हराएको सूचना’अब निर्धारित मितिमा रिलिज नहुने भएको छ । निर्माण पक्षले कात्तिक ३० गतेको प्रदर्शन मिति स्थगित गरी नयाँ मिति चाँडै घोषणा गर्ने बताएको छ । दीपेन्द्र गौचनको निर्देशनमा बनेको यो चलचित्रको प्रचारप्रसार तीव्र रुपमा भइरहेको भए पनि, ‘पुर्ण बहादुरको सारङ्गी’ले देशभरका शो कब्जा गर्दै आक्रामक व्यापार गरिरहेको अवस्थामा प्रदर्शन मिति पछाडि सारिएको हो ।
चलचित्र ‘केटी हराएको सूचना’को पोष्टपोन्डले नायिका नीता ढुंगाना निर्मित चलचित्र ‘ह्रस्व दीर्घ’लाई भने फाइदा पुर्याउने संकेत देखिएको छ । कारण के भने, अब उक्त मितिमा ‘ह्रस्व दीर्घ’लाई शो बाँडफाँडमा सहजता मिल्नेछ । ‘केटी हराएको सूचना’ क्यूएफएक्सकै चलचित्र भएकाले यसले ‘ह्रस्व दीर्घ’लाई शोजको हिसाबले कठिनाइ निम्त्याउने सम्भावना थियो ।
तर, अब यो चलचित्रको रिलिज पछि सरिरहँदा नीता ढुंगाना र हरिहर अधिकारीले रिलिज शो पाउने अवसर पाएका छन् । नीता ढुंगानाको निर्माणमा बनेको यो चलचित्रको ट्रेलर युट्युबमा अत्यधिक रुचाइएको छ, जसले गर्दा यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । नीताले ६ करोडको बजेटमा निर्माण गरेको ‘ह्रस्व दीर्घ’को ट्रेलरले दर्शकमा ठूलो उत्साह जगाएको देखिन्छ ।
Discussion about this post