इटहरी/ फिल्म ‘रंगी’को छायांकन सुरु गरिएको छ । यहि मंगलबारदेखी छायांकन सुरु भएको फिल्मको सलोन बस्नेत प्रस्तुतकर्ता रहेका छन् । यो फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरिरहेका छन् । उनको यो डेब्यू निर्देशन हो । निर्माण पक्षले फिल्मको छायांकन ३० दिनभित्र सम्पन्न गर्ने योजना बनाएको छ ।
यो फिल्मलाई सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा सक्षम सुवेदीले निर्माण गर्नेछन् भने लेखनको जिम्मेवारी सुमन गजमेरले सम्हालेका छन् । छायांकन सौरभ लामाले गरिरहेको फिल्मको संगीतमा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसी रहेका छन् । रंगीमा कविराज गहतराज र शिशिर खातीले कोरियोग्राफीको जिम्मा लिएका छन् भने केवलमान सिंह बस्नेतले प्रोडक्सन हेडको भूमिका निभाइरहेका छन् ।
फिल्म ‘रंगी’ले बाबु र छोरीबीचको सम्बन्धलाई केन्द्रमा राखेर कथावस्तु तयार गरेको छ । यसअघि सुरेशले ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता सफल नेपाली फिल्महरूमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।
Discussion about this post