इटहरी/ विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गर्दै ‘थारू चलचित्र तथा सांस्कृतिक संघ’ सुनसरीको प्रथम अधिवेशन सम्पन्न भएको छ । रामधुनी-५ मा रहेको कल्पबृक्ष पार्टिप्यालेसको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष पर्शुराम चौधरीले गरेका थिए । कार्यसमितिमा बराहक्षेत्र मिडिया प्रालिका अध्यक्ष प्रदीप बास्मैत वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्षमा वन्दना चौधरी र महासचिवमा सुनिल चौधरी चयन भएका छन् ।
यसैगरी, सचिवमा अभिराम चौधरी, सह-सचीव सरोज कुमार चौधरी, कोषाध्यक्षमा सीतवसन्त चौधरी र सहकोषाध्यक्षमा पन्नालाल चौधरी निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी र पुष्पलाल चौधरी चयन भएका छन् । सल्लाहकारहरूमा लालबहादुर चौधरी, रमानन्द चौधरी, पाण्डव चौधरी, सरस्वती चौधरी, विवेक चौधरी, जयप्रकाश चौधरी र राजाराम चौधरी रहेका छन् ।
निर्वाचन अधिकृत सुकदेव चौधरीको रोहबरमा थारू चलचित्र तथा सांस्कृतिक संघको विधान २०७२ अनुसार समिति गठन गरिएको हो । निर्वाचन मण्डलमा अधिवक्ता सुकदेव चौधरी संयोजक रहेका थिए भने सदस्यहरूमा रेणु चौधरी र मनोज चौधरी रहेका थिए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रदीप बास्मैतले थारु समुदायका माग मुद्दाहरूलाई कला, गला र संगीतमार्फत अघि बढाउने संघको उद्देश्य रहेको बताएका थिए । उनले भने, “हाम्रो मिशन भनेको थारु कलाकारहरूको साथ र सहयोगमा समाजका विकृति, विसङ्गति र कुरीतिहरूलाई कला र संगीतको माध्यमबाट सुधार गर्नु हो ।” संस्थाले निकट भविष्यमा आफ्नै कार्यालय उद्घाटन गर्ने, कलाकारहरूलाई प्रशिक्षणद्वारा सक्षम बनाउने र संस्थाको आफ्नै जग्गा व्यवस्थापन गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिए ।
Discussion about this post