इटहरी/ ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा इटहरीमा जारी ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिताको फाइनल चरणमा पुगेका ५५ जना पुगेका छन् । यी प्रतिष्पर्धीहरुको यहि मंगलबार अर्थात भोली कार्तिक ६ गते इटहरीमा रहेको दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजेदेखी ट्यालेन्ट राउन्ड हुने भएको छ । सम्पुर्ण प्रतियोगीहरुको ट्यालेन्टलाई मुल्यांकन गरेर फाइनलमा ‘मिस्टर एण्ड मिस ट्यालेन्ट’को टाईटल प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
आयोजकका अनुसार यतिबेला मिस्टर र मिस गरेर ५५ जना सानासाना बालबालिकाहरु प्रतिष्पर्धामा रहेका छन् । यसअघि दुई चरणमा अडिसन प्रक्रिया सम्पन्न भएको थियो । पहिलो अडिसनमा ८० जना बालबालिकाले भाग लिएका थिए भने दोश्रो अडिसनमा ५० जना बालबालिकाको सहभागिता थियो । त्यहाँबाट छनौट भएर अहिले ५५ जना फाईनलमा पुगेका हुन् ।प्रतियोगिताको कोरियोग्राफि सुभेक्षा कार्कीले गरिरहेकी छन् । उनले विभिन्न सिक्वेन्समा र्याम्प वाल्कको प्रशिक्षण गराईरहेकी छन् ।
प्रतियोगीहरूलाई व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता, योगा लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको फाईनल यहि कार्तिक १४ गते इटहरी अवस्थित लायन्स क्लबको सभाहलमा दिउँसो ४ बजे हुँदैछ । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनालेबाट बिजेतालाई ३० हजार नगदसहित विभिन्न आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ र ट्यालेण्टको आधारमा सबटाईटलहरु पनि प्रदान गरिने आयोजकको भनाई छ ।
Discussion about this post