Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘पुर्ण बहादुरको सारंगी’को प्रमोशनल टुर इटहरी र धरानमा सम्पन्न, आज दमक र विराटनगरमा

✍ सुवास संकल्प
कार्तिक ४, २०८१ मा प्रकाशित
‘पुर्ण बहादुरको सारंगी’को प्रमोशनल टुर इटहरी र धरानमा सम्पन्न, आज दमक र विराटनगरमा

इटहरी/ यहि कार्तिक १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसारात्मक साङ्गीतिक कार्यक्रम इटहरी र धरानमा कार्तिक ३ गते शनिबार सम्पन्न भएको छ । यो कार्यक्रम कोशी प्रदेश अन्तर्गत सुनसरीको इटहरीबाट सुरु गरिएको थियो । जसमा यो फिल्मका प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल र अन्जना बराइली सहित गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो । मन्डला नाटकघरको जुनकिरी ट्रकको स्टेजमा इटहरीको संगीत चोकमा साङ्गीतिक कार्यक्रमसहित फिल्मको प्रचारप्रसार गरियो ।

कार्यक्रमअघि इटहरीको इलाईट सिनेमा र क्विएफएक्स सिनेफ्लेक्स हलमा टिमले भेटघाट गरे । साथै इटहरीमा आयोजना भएको ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली आईकन’का बाल प्रतियोगीहरूसँग पनि कलाकारहरूले भेटघाट गरे । दिउँसो २ बजे भनिएको कार्यक्रम ४ बजे मात्र सुरु भएको थियो । प्रचारप्रसार कार्यक्रममा यो फिल्मका गायक प्रशान्त सिवाकोटीले फिल्मका गीतहरू प्रस्तुत गरे भने सारंगी बाधक बिराजले सारंगीमा र्याप प्रस्तुत गरे । यस्तै इटहरीका युवा कलाकारहरूले बुवा र छोराको भावनात्मक नाटक मञ्चन गरे भने गायक सुरेश कार्कीले आफ्नो ‘रेश्मा’ गीत गाएर उपस्थितलाई रमाइलो गराए । फिल्मका कलाकारहरूले फिल्मको ट्रेलरमा रहेका संवादहरू प्रस्तुत भने इटहरीवासीलाई फिल्म हेर्न आग्रह गर्दै कार्यक्रमलाई सेल्फी खिचेर सम्पन्न गरियो ।

यता धरानमा फ्रेन्ड्स सिनेमा हलमा भेटघाटपछि साँझ ७:३० बजेबाट पुर्ण बहादुरको सारंगीको प्रचारप्रसारात्मक कार्यक्रम सुरु भयो । अचानक आएको वर्षाका कारण कार्यक्रम केही समय अवरोध भए पनि वर्षा रोकिएपछि कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा धरानका कलाकारहरूले बुवा र छोराको साहित्यिक नाटक मञ्चन गरे भने प्रशान्त र बिराजले आ–आफ्ना प्रस्तुति दिए । धरानबासीलाई फिल्मका प्रमुख कलाकार बिजय, मुकुन र अन्जनाले फिल्म हेर्न आग्रह गर्दै गीतमा नाचेर मनोरञ्जन दिलाए ।

यो प्रचारप्रसारात्मक साङ्गीतिक कार्यक्रमको व्यवस्थापन आकाश रावल र ‘हुस क्रीयशन’ टिमले नेपालभर सम्हालिरहेको छ भने इटहरीमा सुवास संकल्प श्रेष्ठ र सरोज श्रेष्ठ, धरानमा सुमित कार्कीले स्थानिय सहयोगीको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम सञ्चालन मिमिक्री आर्टिस्ट तथा कमेडियन दिनेश काफ्लेले गरेका थिए ।

आज कार्तिक ४ गते यो प्रचारप्रसारात्मक कार्यक्रम दमकको गोर्खा डिपार्टमेन्ट स्टोरको प्राङ्गणमा दिनको १२ बजे र विराटनगरको महेन्द्र चोकमा दिउँसो ३ बजे आयोजना हुँदैछ । फिल्म ‘पुर्ण बहादुरको सारङी’ सेभेन सिज सिनेमा र बासुरी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको हो । फिल्मको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका छन् । बिनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । फिल्मले गन्दर्भ समुदायको संघर्ष, परम्परा संरक्षण र सारङी संस्कृतिको प्रवर्धनको कथा प्रस्तुत गरेको छ ।

अगाडिकाे पाेस्ट

सौरभको ‘कर्मा’मा विपिन कार्की अनुबन्ध, चैत २९ गतेलाई रिलिज घोषणा

अर्काे पाेस्ट

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’मा ५५ प्रतिष्पर्धी, ट्यालेन्ट राउण्ड भोली इटहरीमा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana