इटहरी/ हाल सिनेमा हलमा भब्यताका साथ प्रदर्शन भैरहेको नेपाली फिल्म ‘१२ गाउँ’ पाईरेसीको सिकारमा परेको छ । यो फिल्मका क्लिपहरु युट्युब, टिकटक तथा फेसबुक लगायतका सामाजिक संजालमा भाईरल भैरहेको छ । फेसबुकमा १ मिनेट सम्मका क्लिपहरु पोस्ट गरिएका छन् भने युट्युबमा पार्ट पार्ट गरेर यो फिल्मका क्लिपहरुलाई सार्वजनिक गरिएको छ । युट्युबमा ‘कृटो राइडर’ नामक एक युट्युब च्यानलमा ‘१२ गाउँ’ को ५ ओटा क्लिपहरु पार्ट पार्ट बनाएर हालिएको छ ।
सार्वजनिक भएका क्लिपहरु हलमा खिचिएका हुन् । पहिलो पार्टमा ८ मिनेट १३ सेकेन्ड, दोश्रो पार्टमा १२ मिनेट १८ सेकेन्ड, तेश्रो क्लिपमा १९ मिनेट १८ सेकेन्ड, चौथो पार्टमा १८ मिनेट ४५ सेकेन्ड लामो र पाँचौ क्लिपमा २९ मिनेट ५५ सेकेन्ड लामो क्लिप सो युट्युबमा सार्वजनिक गरिएको छ । उक्त च्यानलले लगातार एकपछी अर्को क्लिपहरु यतिबेला सार्वजनिक गरीरहेको छ ।
यतिबेला केही पार्टहरु भने सो च्यानलमा देखिदैन । सम्वन्धित निकाय वा निर्माताले यसलाई बेलैमा नियन्त्रण गर्न नसके उक्त युट्युब च्यानलमा पुरै फिल्म सार्वजनिक हुने देखिन्छ । जसले गर्दा निर्माता तथा वितरकलाई ठूलो घाटा हुने देखिन्छ । १२ गाउँलाई अभिनेता बिराज भट्टले निर्देशन गरेका हुन भने यहि फिल्मबाट उनका छोरा समीर भट्टले डेब्यु गरेका हुन् । उनको नेपाली फिल्ममा ग्राण्ड इन्ट्री भएको छ । १२ गाउँ रिलिजपछी यतिबेला उनको चौतर्फी तारिफ र चर्चा चलिरहेको छ ।
Discussion about this post