इटहरी/ आज २०८१ सालको दशैँको विशेष दिन ‘विजया दशमी’ । यहि अवसरमा मान्यजनबाट साइतमै टिका लगाएर आशिर्वाद लिने परम्परा चलिआएको छ । यसैक्रममा अभिनेता बिराज भट्टले पनि छोरा समीर भट्टलाई टीका लगाउदै गरेको तस्वीर सार्वजनिक भएको छ । शनिबार भट्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको दशैंको तस्वीर अहिले चर्चाको क्रममा छ । तस्वीरमा बिराज भट्ट आफ्ना छोरा समीरलाई दशैंको टीका लगाइरहेको देखिन्छ ।
समीर भट्टले १२ गाउँ फिल्मबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेका छन् । उनको डेब्युले यतिबेला देशभर तहल्का पिटिरहेको अवस्था छ । बिराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’मा उनले मुख्य भूमिका निर्वाह गरेका छन् । बिराजसहित समीरको अभिनय र एक्सनले यतिबेला दर्शकको मन जित्न सफल भएको छ ।
बिराज द्वारा सार्वजनिक तस्वीरमा उनले आफ्ना छोरालाई टीका लगाउँदै आशीर्वाद दिइरहेका छन् । जुन दृश्यले परिवार र परम्पराको गहिरो सम्बन्धलाई उजागर गर्छ । दशैंको यस विशेष क्षणमा पारिवारिक भावनालाई अभिव्यक्त गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको यो तस्वीरले बिराज र समीरको सम्बन्धलाई अझ सशक्त देखाएको छ ।
Discussion about this post