Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कोशी प्रदेशमा यी ३ मध्ये ओपनिङ डेमा कस्ले मार्दैछ बाजी ? कहाँ कस्तो छ अनलाइन बुकिङ ?

✍ सुवास संकल्प
अशोज २४, २०८१ मा प्रकाशित
कोशी प्रदेशमा यी ३ मध्ये ओपनिङ डेमा कस्ले मार्दैछ बाजी ? कहाँ कस्तो छ अनलाइन बुकिङ ?

इटहरी/ दशैंको अवसर पारेर असोज २४ गते फुलपातीदेखि सार्वजनिक प्रदर्शनमा आउने तीन फिल्म “छक्का पन्जा ५”, “१२ गाउँ” र “ज्वाइँ साब” बीच महाभिडन्त बिहीवारबाट सुरु हुँदैछ । पहिलो दिन कोशि प्रदेशकको प्रमुख सिनेमा हलको अग्रिम अनलाइन टिकट बुकिङमा कोशी प्रदेशका प्रमुख पाँच शहरहरू: इटहरी, धरान, विराटनगर, दमक, र बिर्तामोडमा छक्का पन्जाले ओपनिङ डेमा बाजि मार्ने देखिन्छ । त्यसपछि “१२ गाउँ” दोस्रोमा र “ज्वाइँ साब” तेस्रो नम्बर पर्ने पक्का छ । हामिले यी पाँच शहरका मुख्य सिनेमा हलहरूको असोज २४ गतेको अनलाइन टिकट बुकिङको अवस्थाको बारेमा विस्तृत रिपोर्ट तयार गरेका छौं:

इटहरी:
“छक्का पन्जा ५” को रिलिजको पहिलो दिन लगभग सबै शोहरू हाउसफुलको नजिक छन्। क्विएफएक्सका अधिकांश शोहरू राताम्मे छन्, राति १०:३० को शो बाहेक अन्य सबै शोहरूमा दर्शक भरिभराउ देखिन्छन्। इलाईट सिनेमामा बिहान ८:३० को शो बाहेक बाँकी तीन शोहरू लगभग हाउसफुल भइसकेका छन्। भोलि हलमै गएर टिकट काट्न र फिल्म हेर्नको लागि सम्भावना निकै कम छ। “ज्वाइँ साब” का लागि भने, क्विएफएक्सले दिएको २ शो र इलाईटले दिएको ३ शोमध्ये कुनै शोमा अनलाइन बुकिङ खाली छ, केही शोहरूमा अनलाइन बुकिङ देखिन्छ। अन्य दुई फिल्मको तुलनामा “ज्वाइँ साब” का लागि कम शो छुट्याइएको छ, जसको कारणले हलमै गएर टिकट काट्न सजिलो छ। “१२ गाउँ” लाई क्विएफएक्सले दिएको तीन शोमध्ये दुई शो (राति ७:३० र दिउँसो ४:३० को शो) लगभग हाउसफुल नजिक छन्, जबकि अर्को शोमा आधा जति दर्शक मात्र भरिएका छन्। दिउँसो २ बजे र साझ ५:३० को शो आधा भरिएको छ, भने बिहानी शोमा ८ जनाले मात्रै बुक गरेको देखिन्छ। इलाईटले दिएको तीन शोमध्ये दुई शो लगभग आधा बढी भरिएका छन्, भने एउटा शोमा थोरै मात्र बुकिङ छ।

धरान:
धरानमा “ज्वाइँ साब” लाई फ्रेन्ड्स सिनेमाजले मात्रै १ शो छुट्याएको छ, जबकि “१२ गाउँ” लाई २ शो र “छक्का पन्जा ५” लाई ३ शो छुट्याइएको छ। हालको अनलाइन बुकिङ अप्डेटअनुसार “ज्वाइँ साब” मा ४ जना मात्र छन्। “१२ गाउँ” का दुवै शोहरू लगभग आधा भरिएका छन्, जबकि “छक्का पन्जा ५” को बिहानी शोमा ३ जनाको मात्र बुकिङ छ। रातको शोमा भने २ दर्जन दर्शक देखिन्छ । यता बिहान १०:४५ को शोमा आधाभन्दा बढी बुकिङ भइसकेको छ। तीनै फिल्मका लागि हलमै गएर टिकट काट्न भने सहज देखिन्छ।

दमक:
दमकमा “१२ गाउँ” र “छक्का पन्जा ५” बीच प्रतिस्पर्धा छ। “छक्का पन्जा ५” का तीनै शोहरू लगभग हाउसफुल भइसकेका छन्। केही सिटमात्रै बाँकी छन्। “१२ गाउँ” को एउटा शो हाउसफुल भइसकेको छ, अर्को शो हाउसफुलको नजिक छ, र अर्को शोमा आधा बढी बुकिङ भइसकेको छ। “ज्वाइँ साब” का दुई शोहरू भने खाली नै छन्। तीनै फिल्मका लागि “ज्वाइँ साब” मा टिकट पाउन निकै सजिलो छ, “१२ गाउँ” मा केही मात्रै सहज छ, भने “छक्का पन्जा ५” मा टिकट पाउन सजिलो छैन।

बिर्तामोड:
बिर्तामोडस्थित पाथीभरा सिनेप्लाजामा हाल अनलाइन बुकिङमा ‘छक्का पन्जा ५’ अग्रस्थानमा देखिएको छ। यो फिल्मलाई छुट्याइएको ५ ओटा शोहरूमध्ये ४ शोहरू कुनै हाउसफुलको नजिक पुगेका छन् भने केहीमा आधाभन्दा बढी टिकट बुक भइसकेको छ। बाँकी एउटा शोमा भने थोरै मात्रामा बुकिङ भएको देखिन्छ। यता, ‘१२ गाउँ’ लाई छुट्याइएको ४ ओटा शोहरूमा भने निकै थोरै मात्रामा टिकट बुक भएका छन्। ‘ज्वाइँ साब’ लाई छुट्याइएको दुई शोहरूमध्ये एक शोमा दर्जन बढी बुकिङ भएको छ भने अर्को शोमा बुकिङ नगन्य छ । भोलि हलमै गएर टिकट काट्ने दर्शकहरूलाई ध्यानमा राखेर हेर्दा, ‘छक्का पन्जा ५’ का केही शोहरू बाहेक अन्य शोहरूमा सजिलै टिकट पाउन सकिने देखिन्छ। यस्तै, बिर्तामोडको क्विएफएक्स हलमा पनि अनलाइन बुकिङमा ‘छक्का पन्जा ५’ नै अग्रस्थानमा रहेको छ। यसलाई छुट्याइएको ६ शोहरूमध्ये लगभग सबै शोहरू हाउसफुल नजिक छन्। ‘१२ गाउँ’ लाई छुट्याइएको ३ शोहरूमध्ये एक शो हाउसफुलको नजिक पुगेको छ भने अर्को शोमा आधाभन्दा बढी बुकिङ भइसकेको छ। बाँकी एउटा शोमा थोरै मात्रामा मात्र टिकट बुकिङ देखिन्छ। ‘ज्वाइँ साब’ को एउटा शोमा दर्जन जति बुकिङ देखिएको छ । ‘छक्का पन्जा ५’ का ५ शोहरूमध्ये केही र ‘१२ गाउँ’ का २ शोबाहेक अन्य शोहरूमा भने सहजै टिकट उपलब्ध हुने देखिएको छ।

विराटनगर:
विराटनगरमा पनि “१२ गाउँ” र “छक्का पन्जा ५” बीच प्रतिस्पर्धा छ। “छक्का पन्जा ५” लाई क्विएफएक्सले दिएको पाँच शोमध्ये एउटा हाउसफुल नजिक पुगेको छ, दुई शोमा आधाभन्दा बढी बुकिङ छ, र बाँकी दुई शोहरूमा कम मात्रामा बुकिङ देखिन्छ। “१२ गाउँ” का दुई शोहरू लगभग खाली छन्। “ज्वाइँ साब” का लागि दुई शोहरूमा बुकिङ छैन। सिटी सिनेमा हलले दिएको पाँच शोमध्ये “छक्का पन्जा ५” को एक शो आधा बढी भरिएको छ, भने अन्य शोहरूमा कम बुकिङ छ। “१२ गाउँ” का तीन शोमध्ये एक शो खाली छ, र बाँकी दुई शोहरूमा थोरै मात्र दर्शक छन्। सेन्ट्रल मल्टिप्लेक्सका शोहरूमा पनि स्थिति उस्तै देखिएको छ।

अगाडिकाे पाेस्ट

‘मिसिङ: केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

‘एक्टर:टेक वान’को ‘दिन बित्ला’ सार्वजनिक, दिब्या र प्रदिप रोमान्टिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana