इटहरी/ नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘मिसिङ: केटी हराएको सूचना’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकार नाजिर र सृष्टिलाई रेलको लिकमा हात समातेर हिँडिरहेको देख्न सकिन्छ । साथै, दुरा सञ्जय गुप्ता पनि पोस्टरमा अटाईएका छन् भने उनीहरूका पछाडि जनकपुर–जयनगर रुटमा चल्ने रेललाई पृष्ठभूमिमा देखाइएको छ । पहाड र तराईको मनमोहक दृश्यले पोस्टरलाई थप आकर्षक बनाएको छ ।
यो फिल्मलाई दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । उनले ३२ वर्षअघि चर्चित डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए । फिल्म ‘मिसिङ’ भने कार्तिक ३० गते प्रदर्शनमा आउने तयारीमा छ । प्रमुख कलाकार नाजिर, सृष्टि र सञ्जयका साथमा रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको पनि अभिनय रहेको छ । फिल्ममा अमितेष शाहको विशेष भूमिका रहेको छ ।
यो फिल्म ट्री सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको हो । फिल्मका डीओपी अमर महर्जन हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । संगीतमा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करण थापा छन् भने गीतकारमा दीपेन्द्र गौचन, अमितेष शाह र करुण थापा रहेका छन् । फिल्मका गीतहरू सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीले गाएका छन् ।
कोरियोग्राफी राजीव कर्णले गरेका छन् । यो फिल्मका निर्माता पनि निर्देशक दीपेन्द्र गौचन नै हुन् भने कार्यकारी निर्माताको भूमिकामा नकिम उद्दिन छन् । सह-कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन र सञ्जय भट्टचन रहेका छन् । अमितेष शाह चलचित्रका सह-निर्माता हुन् ।
Discussion about this post