इटहरी/ तिहारको अवसर पारेर आउदो कात्तिकको १५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक तथा सो फिल्मका प्रमुख अभिनेता प्रकाश सपूतले सोमबार काठमाडौमा डबिङ सम्पन्न गरेका छन् । उनि ‘वसन्त’ फिल्मको सुटिङ सकेर डबिङमा सामेल भएका थिए । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको छ ।
फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ । सेभेन सिज र बासुरी फिल्म्सको संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।
‘पुर्ण बहादुरको सारङ्गी’ फिल्मको संगीत प्रशान्त शिवाकोटीले दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । फिल्मको देश तथा विदेशमा वितरण सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ । ‘पूर्ण बहादुरको सारङ्गी’ ले गन्धर्व समुदायको जीवनशैली र उनीहरूको संघर्षलाई प्रभावकारी ढंगले पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
Discussion about this post