Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विगतका सिरिजभन्दा केही फरक फ्लेवरमा ‘छक्का पन्जा ५’को ट्रेलर सार्वजनिक

✍ सुवास संकल्प
अशोज २०, २०८१ मा प्रकाशित
विगतका सिरिजभन्दा केही फरक फ्लेवरमा ‘छक्का पन्जा ५’को ट्रेलर सार्वजनिक

इटहरी/ नेपाली फिल्म उद्योगमा निकै प्रतीक्षित मानिएको फिल्म ‘छक्कापञ्जा ५’ को ट्रेलर आइतवार सार्वजनिक भएको छ । अभिनेत्री समेत रहेकी दीपाश्री निरौलाको निर्देशनमा बनेको यो फिल्म दशैंको अवसरमा असोज २४ गते बिहीबार फुलपातीको दिनदेखि सार्वजनिक प्रदर्शनमा आउदैछ । यो फिल्मको ट्रेलरलाई निकैले प्रतीक्षा गरिरहेका थिए । अन्ततः ट्रेलर सार्वजनिक पश्चात् प्रतिक्रियाहरु पाउन थालेको छ ।

युट्युबमा ट्रेलर सार्वजनिक गर्ने विषेश अवसर जुराईएको थियो । दिपक-दिपा क्याम्पलाई ६ फाप्ने भएकोले आइतबार साँझ ६:५५ को समयमा ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । यस्तै राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी र प्रकाश घिमिरेको समेत ‘छक्का पन्जा ५’ मा अभिनय देख्न सकिन्छ । हेर्नुस् ट्रेलर ।

देशमा ब्याप्त भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गर्दै मनोरञ्जनको धारमा टेकेर ‘छक्का पन्जा ५’ को कथा बग्ने ट्रेलरबाट बुझिन्छ । राजनितिलाई व्यंग्य गर्ने यो सिरिजको प्रमुख पक्ष रहदै आईरहेको छ । अघिल्ला सिरिजमा झै हास्य खुराकहरु यो सिरिजको सार्वजनिक ट्रेलरमा निकै कम देख्न सकिन्छ । तर, ट्रेलरमा एक्सनका दृष्य, गम्भीर संवाद र जालझेल गरेर विवाह गरेपछिको परिणामलाई प्रमुख प्राथमिकताका साथ अटाईएको छ । दीपकराज गिरीलाई भ्रष्टाचार नगर्ने इमानदार कर्मचारीको भूमिकामा देखाइएको छ । यसर्थ यसपटक छक्का पन्जा ५ ले हसाउने मात्रै हैन, केही गम्भीर विषयबस्तुलाई प्रस्तुत गर्न सक्ने संकेत देखिन्छ ।

यो फिल्म ‘छक्का पन्जा ५’ मा निर्माताको रुपमा केशब न्यौपाने र दिपेन्द्र खनिया छन् भने केदार घिमिरे ‘माग्ने बुढा’ र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मका दुई लोकप्रिय गीत ‘विहे भाको छैन’ र ‘ब्रेकअप गीत’ले विशेष चर्चा बटुलिसकेको छ । यी गीतहरू टिकटक, फेसबुक रिल्स जस्ता सामाजिक सञ्जालमा भाईरल भैसकेका छन् । ८ वर्षअघि देखि सुरु भएको यो श्रृङखलाले अहिलेसम्म बक्स अफिसमा तहल्का पिटिरहेको छ । गएको ४ ओटै श्रृङखलाले करोडौ आम्दानी गरेका थिए भने यो पाँचौ श्रृङखलाले पनि सो क्रमलाई निरन्तरता दिने अड्कल गर्न सकिन्छ ।

पाँचौ श्रृंखला नेपालसहित उत्तर अमेरिका, युरोप, पूर्वी एसिया, अष्ट्रेलिया र न्युजिल्याण्डमा एकसाथ रिलिज हुँदैछ । तर, मध्यपूर्वमा भने नेपाल रिलिजको एक हप्तापछि प्रदर्शनमा आउने निर्माताको भनाई छ । मध्यपूर्वको साउदी अरब, माल्दिभ्स र अमेरिकाको उत्तरी राज्य अलास्कामा नेपाली फिल्म पहिलो पटक प्रदर्शन हुँदैछ, त्यो छक्का पन्जा ५ नै हो । यो फिल्मले नेपाल र विदेशमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ भने अमेरिकामा एड्भान्स बुकिङको ट्रेन्डले यसलाई रेकर्ड ब्रेक गर्ने सम्भावना देखाउछ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘फिरफिरे फिरिरी’को पहिलो गीत सार्वजनिक

अर्काे पाेस्ट

सलोन बस्नेतको फिल्म ‘रंगी’ स्क्रिप्ट पूजा, कार्तिक ५ गतेदेखी छायांकन हुने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana