Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘बेहुली फ्रम मेघौली’को एड्भान्स बुकिङ खुल्ला

✍ परिकला न्यूज
अशोज १५, २०८१ मा प्रकाशित
फिल्म ‘बेहुली फ्रम मेघौली’को एड्भान्स बुकिङ खुल्ला

इटहरी/ फिल्म ‘बेहुली फ्रम मेघौली’को एडभान्स बुकिङ सोमबारदेखि खुल्ला भएको छ, घटस्थापनाको दिन असोज १७ गते रिलिज हुने तयारीमा रहेको यस फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। अभिनेत्री स्वस्तिमा खड्काको निर्माण डेब्यू रहेको यस फिल्मलाई देशभरका मल्टिप्लेक्स हलहरुले बम्पर ओपनिङ दिलाउन बुकिङ खोलेका छन्। प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभर ७३ शो उपलब्ध गराएको छ, जसमा ३२ शो काठमाडौं उपत्यकामा र ४१ शो मोफसलमा खुला गरिएको छ।

यसका साथै, आइएनआई सिनेमाजले काठमाडौंका दुई हल र बुटवलमा गरि १४ शो दिएका छन् भने वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीका हलहरुमा ९ शो उपलब्ध गराएको छ। बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन्। अझै केही हलमा एडभान्स बुकिङ खुल्न बाँकी रहेकोले पहिलो दिन फिल्मले दुई सय भन्दा बढी शो पाउने सम्भावना रहेको छ।

फिल्मलाई साजन काफ्ले र आकाश बरालले संयुक्त रुपमा निर्देशन गरेका हुन्। यसमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ भने बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतका कलाकारहरुको अभिनय पनि देख्न पाइनेछ। फिल्मले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथा प्रस्तुत गर्नेछ।

यसको कमेडीप्रधान ट्रेलरले दर्शकको ध्यान तानिसकेको छ र पारिवारिक दर्शकहरुलाई फिल्मले पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्देशक साजन काफ्ले र आकाश बराल हुन्, जुन उनीहरुको डेब्यू निर्देशन हो। निर्माणमा अभिनेत्री स्वस्तिमा खड्कालाई उनका श्रीमान् र निर्देशक निश्चल बस्नेतले सघाएका छन्। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे रहेका छन् भने कास्टिङ निर्देशकको भूमिकामा विजय बराल रहेका छन्।

फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका छन् भने संगीत जयन जे वाइवा र कुशल पोखरेलले दिएका छन्। प्रदीप लामा र केबीका खत्रीको कोरियोग्राफी रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन्। प्रोडक्सन डिजाइन घनश्याम श्रेष्ठले सम्हालेका छन् भने स्टील फोटोग्राफी केशव पाण्डे र लक्ष्मण पाण्डेले गरेका छन्। फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट र डिसिएनले गर्नेछ। दसैँको अवसर पारेर घटस्थापनाका दिन रिलिज हुन लागेको फिल्मले पारिवारिक मनोरञ्जन दिने अपेक्षासहित सिनेमा घरमा प्रवेश गर्दैछ।

अगाडिकाे पाेस्ट

कबड्डी श्रृंखलाकि मैंया अर्थात रिश्मा गुरुङ ‘रिमै’ छायाँकनका लागि नेपाल आईन्

अर्काे पाेस्ट

थारु समुदायको पौराणिक ‘धुम्रानाच’ जगेर्ना गर्ने गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana