Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

युट्युब ट्रेन्डिङमा नेपाली फिल्मको चलपहल: ४ नेपाली फिल्मका ५ कन्टेन्ट

✍ सुवास संकल्प
अशोज १०, २०८१ मा प्रकाशित
युट्युब ट्रेन्डिङमा नेपाली फिल्मको चलपहल: ४ नेपाली फिल्मका ५ कन्टेन्ट

इटहरी/ यतिबेला युट्युब नेपाल ट्रेन्डिङ हेर्ने हो भने नेपाली फिल्ममय बनेको छ । युट्युब ट्रेन्डिङमा नेपाली फिल्मको कन्टेन्टहरुको चहलपहल राम्रै देखिन्छ । यो समाचार तयार गर्दै गर्दा एक पूरा फिल्म सहित ३ नेपाली फिल्मका ५ ओटा प्रचारप्रसार सामग्री अर्थात ट्रेलर तथा गीत युट्युब ट्रेन्डिङको मुभी र म्युजिक क्याटोगरीमा रहेको छ । युट्युब नेपाल ट्रेन्डिङको ३९ औं नम्बरमा फिल्म ‘नाङ्गो गाउँ’ को पूरा फिल्म रहेको छ । २ साताअघि युट्युबमा सार्वजनिक यो फिल्म सार्वजनिक देखी नै युट्युब ट्रेन्डिङ मै रहिरहेको छ ।

ट्रेन्डिङको पहिलो नम्बरमा समेत पुगेको यो फिल्म अझै ट्रेन्डिङ यात्राबाट बाहिरिएको छैन । सर्ट्सहरुले भरिने युट्युब नेपालको ट्रेन्डिङ लामो समयपछि नेपाली फिल्मले ट्रेन्डिङको पहिलो स्थान पकड गरेको हो । गत वर्षको भदौ २९ गते सार्वजनिक प्रदर्शनमा आएको यो फिल्ममा दयाहाङ राई र मिरुना मगर, साम्राज्ञि राज्य लक्ष्मी शाह, कर्मा शाक्य लगायतको अभिनय रहेको छ । व्यापारिक सफलता पाएको यो फिल्मले रिलिजका बेला पनि हलमा ५१ औं दिन मनाउन सफल भएको थियो । फिल्ममा दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ भने जय श्रेष्ठले निर्माण गरेका हुन् ।

यस्तै युट्युब ट्रेन्डिङको ‘मुभी’ क्याटोगरी हेर्ने हो भने पनि नेपाली फिल्मकै दब्दबा रहेको देख्न सकिन्छ । मुभी क्याटोगरी अन्तर्गत पहिलो नम्बरमा हाल प्रदर्शनरत फिल्म खुस्माको ट्रेलर रहेको छ भने दोश्रो नम्बरमा यहि असोज १७ गते दशैँको घटस्थापनादेखी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ ट्रेलर रहेको छ ।

२ साताअघि सार्वजनिक ‘खुस्मा’को ट्रेलरले धेरैदिन देखी मुभी क्याटोगरीमा पहिलो नम्बर कब्जा गरेर बसेको छ । १० लाख भ्युजको नजिक पुगेको यो फिल्म हलमा यतिबेला सफलतापुर्वक प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । धिरज मगर, उपासना सिंह ठकुरी लगायतको अभिनय रहेको यो फिल्मलाई अशोक थापा मगरको कथा तथा निर्देशनमा तयार गरिएको हो । फिल्मलाई वीर बहादुर लामा, चन्द्र भट्टचन, बेताने मगर र मान बहादुर धनाह मगरले संयुक्त निर्माण गरेका हुन् ।

यता ६ दिनअघि युट्युबमा सार्वजनिक गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलरले युट्युब ट्रेन्डिङको मुभी क्याटोगरीको दोश्रो स्थान कब्जा गर्दै ११ लाख बढी भ्युज बटुल्न सफल भएको छ । यो फिल्मको प्रचारप्रसार कन्टेन्ट पोस्टर, टिजर, गीतहरु र ट्रेलरसम्म आइपुग्दा प्रतिक्षित बन्न पुगेको छ । फिल्मका गीतहरुले अत्याधिक चर्चा बटुल्न सफल भएको छ । यो फिल्ममा स्वस्तिमा खड्का, निस्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, रक्षा थापा, लोकेन्द्र लेखक लगायत कलाकारहरूको अभिनय रहेको छ ।

सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको ‘बेहुली फ्रम मेघौली’लाई स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेका हुन् । यो फिल्मको २ महिनाअघि सार्वजनिक ‘उडायो मन’बोलको गीतलाई ४५ लाख, १ महिनाअघि सार्वजनिक ‘छड्के सलाम’बोलको गीतलाई ५५ लाख, २ महिनाअघि सार्वजनिक ‘बिहे गर्नेकी नगर्ने’ बोलको गीतलाई १० लाख र १ महिनाअघि सार्वजनिक टिजरलाई १३ लाख बढी भ्युज प्राप्त भएको छ ।

यस्तै युट्युब नेपाल ट्रेन्डिङ अन्तर्गत नै ‘म्युजिक’ क्याटोगरी हेर्ने हो भने पनि नेपाली फिल्मको प्रचारप्रसार सामग्री देखिन्छन् । यस अन्तर्गत पहिलो नम्बरमा खुस्मा फिल्मको ‘रुकुम मैकोट’ गीतको भिडियोले कब्जा जमाएको छ भने मुभी क्याटोगरीको सातौं नम्बरमा फिल्म १२ गाउँको ‘सिनेमा हेर्न जाँउ’ बोलको गीतको भिडियो रहेको छ । त्यस्तै केही तल ट्रेन्डिङको १५ औं नम्बरमा फिल्म १२ गाउँ कै २ दिनअघि सार्वजनिक ‘कसो कसो’बोलको गीतको भिडियो रहेको छ ।

यतिबेला सिनेमा हलमा सफलतापुर्बक दोश्रो सातामा प्रदर्शन भैरहेको फिल्म ‘खुस्मा’को रुकुम मैकोट गीत सफलताको चरम चुलीमा छ । खुस्मा फिल्म हाउसफुलका साथ चल्नुमा केहिले यो गीतको सफलता नै प्रमुख कारण मानिरहेका छन् । हुन पनि सामाजिक संजाल टिकटक, इन्स्टाग्राम, फेसबुकदेखी युट्युबसम्म यो गीतको लोकप्रियता उच्च छ । हरेकको मुखमुखमा झुण्डिएको छ यो गीत । सार्वजनिक कार्यक्रमदेखी अब दशैँ तिहारका सार्वजनिक तथा पारिवारिक कार्यक्रममा पनि यो गीतले धुम मच्चाउने आंकलन गर्न सकिन्छ । यो गीत रुकुम मैकोटले १ करोड ६५ लाख बढी भ्युज पाउँदै मुभी क्याटोगरिको ट्रेन्डिङ १ कब्जा जमाएको धेरै दिन भैसक्यो ।

यता चर्चामा रहेको अर्को फिल्म हो ‘१२ गाउँ’ । यो फिल्मको दशैँमा ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’संग प्रतिष्पर्धा हुँदैछ । असोज २४ गते अर्थात दशैँको फुलपातीको दिनबाट यो फिल्म प्रदर्शनमा आउदैँछ । सामाजिक संजाल र युट्युबमा प्रतिक्रिया हेर्ने हो भने यो फिल्मले दशैँमा बाजी मार्ने पक्का छ । तर, सामाजिक संजालको जमात र सिनेमा हलमा फिल्म हेर्न जाने जमात अलग अलग छन् । यो भन्दै गर्दा बिराज भट्टको क्रेज र यहि फिल्मबाट डेब्यु गर्न लागेका उनका छोरा समीर भट्टको चर्चासंगै फिल्मको टिजर र सार्वजनिक गीतहरुले हलमा दर्शकको माहौल नजम्ला भन्न सकिन्न । यो फिल्मको सार्वजनिक २ ओटै गीत यतिबेला युट्युब ट्रेन्डिङको ‘म्युजिक’ क्याटोगरीमा बिराजमान छ । फिल्मको पहिलो गीत ‘सिनेमा हेर्न जाँउ’ले राम्रो चर्चा बटुलिसकेको छ । २ साताअघि युट्युबमा सार्वजनिक यो गीतको भिडियोले १४ लाखबढी भ्युज बटुलिसकेको छ भने हालै सार्वजनिक ‘कसो कसो’ गीतको भिडियोको पनि चर्चा चुलिदै छ । यो फिल्म ‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । फिल्मको कथा सन्तोष सरकारको हो भने १२ गाउँको निर्मातामा सरस्वती भट्ट रहेकी छन् ।

अगाडिकाे पाेस्ट

‘जेरी अन टप’मा सुरक्षा पन्तको प्रवेश, फिल्म यसै साता फ्लोरमा जाने

अर्काे पाेस्ट

छाता ओढाइदेउन भन्दै गायिका रस्ना पौडेलसंग रमेश उप्रेतीको रोमान्स

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana