Sunday, June 15, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अभिनेता धिरजको जन्मदिनको अवसर पारेर फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक

✍ परिकला न्यूज
भदौ २६, २०८१ मा प्रकाशित
अभिनेता धिरजको जन्मदिनको अवसर पारेर फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक

इटहरी/ असोजको ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर मंगलबार काठमाडौमा आयोजित एक विशेष समारोहमा फिल्मको ट्रेलर रिलिज गरिएको हो । चार मिनेट लामो ट्रेलर सार्वजनिक भए पश्चात धिरजको जन्मदिनको केक काटेर सेलिब्रेसन गरिएको थियो । ट्रेलरमा जनयुद्धको प्रभावबीच अंकुराएको प्रेम कथा र माओवादी सशस्त्र द्वन्द्वपछि श्रीमानको प्रतिक्षामा रहेकी एक श्रीमतीको संघर्षलाई चित्रण गरिएको छ ।

फिल्ममा धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रेमी-प्रेमीकाको रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा उनीहरूको अभिनयले दर्शकको मन जित्ने विश्वास गरिएको छ । अभिनेता मगरले आफ्नो जन्म गाउँमा सिनेमा छायांकन गर्ने अवसर पाउँदा उत्साहित भएको बताउँदै निर्देशक अशोक थापा मगरप्रति आभार व्यक्त गरेका छन् । उनले दुई वर्षको उमेरमा युके गएकाले आफ्नो जन्म गाउँको प्रचारप्रसार गर्ने चाहना रहेको र यो फिल्म त्यस उद्देश्यमा महत्त्वपूर्ण भएको बताए । हेर्नुस् ट्रेलर ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको ‘खुस्मा’को लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् । थापाले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरे पनि यो नै उनको पहिलो ठुलो पर्दाको निर्देशन हो । उनले डकुमेन्ट्री फिल्म मार्फत नौ वटा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा आवार्ड जितिसकेका छन् ।

फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर रहेका छन् भने सह-निर्मातामा सुस्मिता बुढाथोकी छन् । फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ भने यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले अत्यधिक रुचाएका थिए ।

फिल्ममा धिरज र उपासनाका अलावा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायतका कलाकारको अभिनय रहेको छ । मगर समुदायको परिवेशमा आधारित यो प्रेमकथाले जनयुद्धको समयमा प्रेम र संघर्षलाई पर्दामा उतार्ने छ । फिल्ममा एसडी योगी र कोरियाली संगीतकार छान्जु पार्कको संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र अशोक थापा मगरको गीत रचना रहेको छ । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्स्ले गर्नेछ ।

अगाडिकाे पाेस्ट

रेनुकाको प्रतिबद्धता: ‘मिसेस पुर्बेली आईकन’पछि महिलाहरूको लागि काम गर्ने

अर्काे पाेस्ट

‘मिसेस पुर्बेली आईकन’कि रेस्मा जीवन संघर्ष नै हो भन्ने सोच राख्दै निरन्तर मेहेनत गर्ने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक
कलिउड न्युज

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

✍ सुवास संकल्प
जेष्ठ ३२, २०८२ मा प्रकाशित
0

...

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा
कलिउड न्युज

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८२ मा प्रकाशित
0

...

‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट

‘ऊनको स्वीटर’ को लहर, बक्स अफिस र संगीत दुवैमा उत्सव

जेष्ठ ३१, २०८२ मा प्रकाशित
पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘द भ्वाइस किड्स’ को चौथो सिजन आजदेखि सुरु

‘द भ्वाइस किड्स’ को चौथो सिजन आजदेखि सुरु

जेष्ठ ३१, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

जेष्ठ ३२, २०८२ मा प्रकाशित
अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट

‘ऊनको स्वीटर’ को लहर, बक्स अफिस र संगीत दुवैमा उत्सव

जेष्ठ ३१, २०८२ मा प्रकाशित
पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

जेष्ठ ३१, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana