Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रेनुकाको प्रतिबद्धता: ‘मिसेस पुर्बेली आईकन’पछि महिलाहरूको लागि काम गर्ने

✍ सुवास संकल्प
भदौ २५, २०८१ मा प्रकाशित
रेनुकाको प्रतिबद्धता: ‘मिसेस पुर्बेली आईकन’पछि महिलाहरूको लागि काम गर्ने

इटहरी/ ओपन स्पेस प्रालीले आयोजना गरेको ‘मिसेस पुर्बेली आईकन-२०२४’ कार्यक्रम विवाहित महिलाहरूको लागि सौन्दर्य प्रतियोगिता मात्रै नभएर सीप वृद्धि, बौद्धिक विकास र महिला सशक्तीकरणको माध्यमका रूपमा स्थापित हुँदैछ । यस प्रतियोगिताको मुख्य उद्देश्य महिलाहरूलाई आत्मविश्वास र आत्मबल प्रदान गर्दै उनीहरूको व्यक्तित्व विकासमा योगदान पुर्याउनु हो । शुभेक्षा कार्कीले कोरियोग्राफी गरिरहेको यो प्रतियोगिताको फाईनल प्रतिष्पर्धामा ८ जना महिलाहरूले प्रतिस्पर्धा गरिरहेका छन्, जहाँ रेनुका श्रेष्ठ एक प्रमुख प्रतियोगीका रूपमा प्रस्तुत भैरहेकी छन् ।

रेनुका श्रेष्ठको जीवनयात्रा विशेष छ । उनको बाल्यकाल इटहरी २, हलगड़ा पिपलचोकमा बित्यो । उनका बुबा स्वर्गीय पूर्ण बहादुर श्रेष्ठ र आमा सीता श्रेष्ठ हुन् । सामान्य परिवारमा हुर्किएकी रेनुकाको बाल्यकालमा ठूलो भएपछि घरमा आएका अभावहरू पूरा गर्ने सपना थियो । उनी सबैसँग मित्रवत् व्यवहार गर्थिन् र अरुले भनेका कुराहरू सजिलै स्वीकार गर्थिन् । बाल्यकालदेखि नै उनी ज्ञानी र सबैसँग सजिलै घुलमिल हुने स्वभावकी थिइन् ।

किशोरावस्थामा प्रवेश गरेपछि रेनुकाले प्लसटु सम्मको शिक्षा हासिल गरिन् । उनले नर्स बन्ने सपना देखेकी थिइन्, तर विभिन्न कारणले त्यो सपना पुरा हुन सकेन । उनले सधैं परिवारको सोच र सल्लाहलाई प्राथमिकता दिइन् । युवावस्थामा सिपमूलक तालिमहरू लिएकी उनले त्यसलाई निरन्तरता भने दिन सकिनन् । अहिले मिसेस पुर्बेली आइकन प्रतियोगितामा सहभागिता जनाउनु नै उनको जीवनको पहिलो ठूलो प्रतियोगिता हो ।

विवाहपश्चात् रेनुकाको जीवनले नयाँ मोड लियो । २०५९ साल बैसाखमा उदय कार्कीसँग अन्तरजातीय प्रेम विवाह गरेकी उनले विवाहपछि श्रीमान् र छोराहरू र पुरै परिवारको पूर्ण समर्थन पाएकी छिन् । यो प्रतियोगितामा सहभागी भएपछि उनले आत्मविश्वास बढेको अनुभव गरेकी छिन् । परिवार र साथीभाइको साथले उनलाई थप हौसला समेत दिएको छ । विवाहअघि देखेका केही सपना पूरा भए पनि, उनले अझै केही सपनाहरू पूरा गर्न बाँकी रहेको बताएकी छन् ।

यो प्रतियोगितामा जिते पनि नजिते पनि उनले महिलाहरूको सशक्तीकरणका लागि काम गर्ने प्रतिवद्धता जनाएकी छिन् । उनी अब महिलाहरूलाई अगाडि बढाउन, उनीहरूको क्षमता विकास गर्न र समाजमा योगदान दिनका लागि सक्रिय हुने सोचमा छिन् । उनि भन्छिन्, “जीत हार प्रतिस्पर्धामा स्वाभाविक हो, तर म चाहे विजेता बनूँ या नबनूँ, म महिलाहरूको लागि काम गर्न प्रतिबद्धता गर्दछु।”

यदि उनले यो प्रतियोगिता जितिन् भने मिसेस पुर्बेली आइकन जस्तै अरू प्रतियोगिताहरूमा महिलाहरूलाई सहभागी गराउन प्रोत्साहित गर्ने बताईन् । साथै, महिलाहरूको सिप, क्षमता, र व्यक्तित्व विकासका लागि योगदान दिन अझ सजिलो हुनेछ उनको विश्वास छ । रेनुकाले महिलाहरूको क्षेत्रमा रहेर समाजसेवामा जुट्ने अठोट लिएकी छिन् र उनले यो प्रतियोगिता आफ्नो यात्रा प्रारम्भको रुपमा रहेको समेत बताएकी छन् ।

अगाडिकाे पाेस्ट

मिसेस पुर्बेली आईकन जित्नसके सुस्माले बालबालिका र विवाहित महिलाको हितमा काम गर्ने

अर्काे पाेस्ट

अभिनेता धिरजको जन्मदिनको अवसर पारेर फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana