Thursday, July 10, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मिसेस पुर्बेली आईकन जित्नसके सुस्माले बालबालिका र विवाहित महिलाको हितमा काम गर्ने

✍ सुवास संकल्प
भदौ २५, २०८१ मा प्रकाशित
मिसेस पुर्बेली आईकन जित्नसके सुस्माले बालबालिका र विवाहित महिलाको हितमा काम गर्ने

इटहरी/ ओपन स्पेस प्रालीको आयोजनामा कोशी प्रदेशस्तरीय पहिलो ‘मिसेस पुर्बेली आईकन-२०२४’ भैरहेको छ । यो प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनको मात्र नभएर विवाहित महिलाहरूको बौद्धिक विकास, सीप वृद्धि, आत्मबल र महिला सशक्तीकरणको दिशामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको छ आयोजक संस्था ओपन स्पेस प्रालीका निर्देशक सरोज श्रेष्ठले जानकारी गराए । कार्यक्रमको कोरियोग्राफरको रुपमा शुभेक्षा कार्की रहेकी छन् । प्रतियोगितामा फाईनलका लागी आठ जना विवाहित महिलाहरू सहभागी भएका छन् । जसमा सुस्मा बिस्ट पनि प्रतिष्पर्धी मध्येकी एक हुन् ।

प्रतियोगितामा सहभागी सुस्मा बिस्टको बाल्यकाल इलामको सुन्दर पहाडी क्षेत्र कन्याममा बित्यो । बुवा डोर बहादुर पौडेल र आमा सीता पौडेलको कोखबाट उनी सामान्य परिवारमा जन्म लिएकी हुन् । प्लस टु सम्मको पढाइ गरेकी उनले बाल्यकालको स्मरण गर्दै बालापनमा देख्ने सपनामा आफूलाई असल व्यक्ति बनाएर समाजमा चिनाउने थियो भने उनलाई सानैदेखि ज्ञानप्रेमी, सुशील र मायालु स्वभावको रूपमा चित्रित गरिन्थ्यो ।

किशोरावस्थामा सुस्मा बिस्टको सोच टिभीमा आउनु थियो, जुन अहिले ‘मिसेस पुर्बेली आईकन’को मञ्चमा आएर पूरा भइरहेको उनी बताउछिन् । प्लस टु अध्ययनकै क्रममा विवाह बन्धनमा बाँधिएकी सुस्माले सिपमूलक तालिमहरूमा भाग लिने अवसर पाएकी थिइन्, जसले उनको व्यक्तित्वलाई अझ परिस्कृत बनाउन सहयोग गर्यो । उनी विशेष रूपमा नृत्यमा सक्रिय थिइन् र किशोरावस्थादेखि नै नृत्य प्रतिस्पर्धामा सहभागी हुँदै आइरहेको बताउछिन् । उनका अनुसार, आफुले जीवनमा थुप्रै सल्लाह र मार्गदर्शन आफ्नै परिवारबाट पाएका हुन् ।

विवाहपछि सुस्मा बिस्टको जीवनमा धेरै परिवर्तनहरु आए । २०७१ साल जेठ ३ गते श्रीमान् राज बिस्टसँग मागी विवाहमा बाँधिएकी उनलाई विवाहपश्चात् श्रीमान्, माइती र घरका अन्य सदस्यहरूबाट पूरै सहयोग मिलिरहेको छ । आफूले विवाहअघि देखेका केही सपना विवाहपश्चात् पूरा गर्न सफल भएकी छिन्, र उनले मिसेस पुर्बेली आईकन प्रतियोगितामा भाग लिँदै थप सपना पूरा गरेको सुनाईन् । उनका लागि यो प्रतियोगिता आफ्नो पहिचान स्थापित गर्ने एक महत्वपूर्ण अवसर हो ।

सुस्मालाई विवाहपछि कुनै सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर यसअघि मिलेको थिएन । तर यस प्रतियोगितामा सहभागी भएपछि उनले आफ्नो व्यक्तित्वको विकासमा ठुलो परिवर्तन आएको बताउछिन् । उनले बौद्धिक क्षमता, बोल्ने तरिका, आत्मविश्वास र समाजमा कसरी अघि बढ्ने भन्ने कुराहरू यो सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन’ बाट सिक्न मद्दत पुर्‍याएको उल्लेख गरिन् । उनका अनुसार प्रतियोगितामा सहभागी भएपछि परिवारका सदस्यहरू, साथीभाइ र माइती पक्षबाट निरन्तर सकारात्मक प्रतिक्रिया पाउँदै आएकी छन् ।

सुस्मा भन्छिन् ‘मिसेस पुर्बेली आईकन’मा भाग लिँदै गर्दा आफ्नो एउटा मुख्य सपना पूरा हुँदैछ । उनले प्रतियोगिता नजितेपनि आफुलाई सफल ठान्ने बताउछिन्, किनकि प्रतियोगितामा सहभागिता नै उनका लागि सफलता हो । उनले आफूलाई समाजका अन्य महिलाहरूका लागि प्रेरणाको श्रोत बनाउन चाहन्छिन् । यदि सुस्माले प्रतियोगिता जितेमा आफ्नो समाजका बालबालिकाका लागि बाल स्कुलमा सहयोग गर्ने योजना बनाएकी छिन् । साथै, उनले विवाहित महिलाहरूलाई सशक्त बनाउन र उनीहरूको आत्मनिर्भरता बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने सोच बनाएकी छिन् । सुस्माले महिलाहरूको व्यक्तित्व विकास र आत्मबलको क्षेत्रमा योगदान पुर्‍याउने अठोटका साथ प्रतियोगितामा सहभागिता जनाएकी हुन् ।

अगाडिकाे पाेस्ट

अभिनेता सलोन बस्नेतको निर्माणमा फिल्म ‘रंगी’ घोषणा, असोज ११ देखी छायांकन गर्ने

अर्काे पाेस्ट

रेनुकाको प्रतिबद्धता: ‘मिसेस पुर्बेली आईकन’पछि महिलाहरूको लागि काम गर्ने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?
कलिउड न्युज

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

✍ परिकला न्यूज
असार २७, २०८२ मा प्रकाशित
0

...

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै
कलिउड न्युज

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

✍ परिकला न्यूज
असार २६, २०८२ मा प्रकाशित
0

...

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

असार २६, २०८२ मा प्रकाशित
दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

असार २६, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

असार २५, २०८२ मा प्रकाशित
ऋचा शर्मा ‘जदौ’ मा अनुबन्धित: फिल्मको कलाकार सूची बलियो बन्दै

ऋचा शर्मा ‘जदौ’ मा अनुबन्धित: फिल्मको कलाकार सूची बलियो बन्दै

असार २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

असार २७, २०८२ मा प्रकाशित
‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

असार २६, २०८२ मा प्रकाशित
‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

असार २६, २०८२ मा प्रकाशित
दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

असार २६, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

असार २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana