Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मिसेस पुर्बेली आईकनकी प्रतिष्पर्धी सुनिता घरेलु हिंसा, अन्याय र अत्याचारको विरुद्धमा बोल्ने

✍ सुवास संकल्प
भदौ २४, २०८१ मा प्रकाशित
मिसेस पुर्बेली आईकनकी प्रतिष्पर्धी सुनिता घरेलु हिंसा, अन्याय र अत्याचारको विरुद्धमा बोल्ने

इटहरी/ कोशी प्रदेश स्तरीय पहिलो ‘मिसेस पुर्बेली आईकन-२०२४’ प्रतियोगिता ओपन स्पेस प्रालीको आयोजनामा इटहरीमा भैरहेको एक महत्वपूर्ण सौन्दर्य प्रतियोगिता हो । यो प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिता जस्तो मात्रै नभएर विवाहित महिलाहरूको सिप वृद्धि, बौद्धिक विकास, व्यक्तित्व निखार्नका साथै उनीहरूको आत्मविश्वास र आत्मबललाई सुदृढ पार्दै महिला सशक्तीकरणको क्षेत्रमा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको हो । जसको कोरियोग्राफीको जिम्मेवारी मिडियाकर्मी तथा कोरियोग्राफर शुभेक्षा कार्कीले सम्हालेकी छन् ।

यो प्रतियोगिता महिला सशक्तीकरण र विवाहित महिलाहरूलाई आत्मनिर्भर बन्ने प्रेरणा दिनु यसको प्रमुख लक्ष्य हो । ‘मिसेस पुर्बेली आईकन’ प्रतियोगितामा ८ जना प्रतिष्पर्धीहरु विभिन्न जिल्लाबाट सहभागी भएका छन् । जसमध्येकि एक हुन् सुनिता पुरी । जो यस प्रतियोगितामा सहभागिता जनाउँदै आफ्नो जीवनको महत्वपूर्ण मोडका अनुभवहरूलाई साट्दै अगाडि बढिरहेकी छन् । उनका अनुसार, यो प्रतियोगिता उनीजस्तै अन्य महिलाहरूका लागि पनि आफ्ना व्यक्तित्वलाई अझ मजबुत बनाउने अवसर हो । यस प्रतियोगिताले विवाहित महिलाहरूलाई समाजमा आफ्नो पहिचान स्थापित गर्न थप मार्गदर्शन गर्छ ।

सुनिता पुरीको बाल्यकाल र प्रारम्भिक जीवन:

‘मिसेस पुर्वेली आईकन’ प्रतिष्पर्धी सुनिता पुरीको जन्म मोरङको पथरीमा भएको हो । उनी पदम बहादुर घतानी र मनमायाँ घतानीकी कोखबाट जन्म लिएकी हुन् । सामान्य परिवारमा हुर्किएकी सुनिता बुझ्ने हुँदादेखी नै आफ्ना सपना र उद्देश्यहरू प्रति स्पष्ट थिइन् । आफूलाई बाल्यकालमा असल र ज्ञानि ठान्ने उनलाई बालापन देखी नै कलाकार बन्ने ठूलो रहर थियो ।

उनको अध्ययनको बारेमा कुरा गर्दा उनले प्लस टु तहसम्मको अध्ययन सम्पन्न गरेकी छिन् । पढाइलाई आफ्नो मुख्य प्राथमिकतामा राख्दै अघि बढेकी सुनिताले आफ्नो जीवनलाई राम्रोसँग व्यतीत गर्ने प्रयास गरिन् । उनी बाल्यकालदेखि नै आफ्नो लक्ष्य प्रति केन्द्रित रहिन्, जसका कारण उनले आफूलाई सधैं अनुशासित बनाईराखिन् ।

किशोरी र युवावस्थाको संघर्ष:

सुनिताको किशोरावस्थामा धेरै सपना र सोचहरु थिए । उनले प्लस टु सक्काएपछि विवाह गरिन् । विवाह अगाडि पनि उनले आफ्ना व्यक्तिगत विकास र सशक्तीकरणमा धेरै कुरा सिक्ने अवसर पाएकी थिइन् । जब उनी किशोरी थिइन्, उनका केही सपनाहरू पूरा भएका थिए भने केही अधुरा पनि थिए ।

तथापि, उनले यो सोच बनाई राखिन् कि अधुरा रहेका सपनाहरूलाई पनि भविष्यमा पुरा गर्न सकिन्छ । किशोरावस्थामा सुनिताले विभिन्न प्रतियोगिताहरूमा सहभागी हुन मौका पाइन् । उनले विवाह अगाडि केही प्रतियोगिताहरूमा पनि सहभागिता जनाइसकेकी थिइन् । जसले उनीमा आफूलाई अगाडि बढाउने आत्मबल मिलेको थियो ।

विवाह पछिको जीवन:

सुनिताले आफ्नो जीवनको अर्को महत्वपूर्ण निर्णय प्रेम विवाह गरेर सुरु गरिन् । उनी र उनका श्रीमान सन्तोष पुरीबीचको सम्बन्ध प्रेममय थियो र उनीहरू २०६७ साल बैशाख १ गते वैवाहिक बन्धनमा बाँधिएका थिए । विवाहपछि सुनिताले श्रीमानको मात्र नभएर सम्पूर्ण परिवारको पनि साथ र समर्थन पाइरहेकी छन् । उनको जीवनमा श्रीमानको भूमिका महत्वपूर्ण रहेको छ, जसले उनलाई प्रत्येक पाइलामा साथ दिँदै हौसला प्रदान गरेका छन् । परिवारका अन्य सदस्यहरूबाट पनि माया र सहयोग उनले सधैं पाएकी छन् ।

यो प्रतियोगितामा सहभागी भएपछि सुनिताले आफ्नो आत्मबलमा ठूलो वृद्धि भएको महसुस गरेकी छन् । उनी भन्छिन्, ‘यो प्रतियोगिताले आफुलाई अझ आँटिलो र साहसी बनाएको छ।’ यो मिसेस पुर्बेली आईकनमा सहभागी भएपछि उनको व्यक्तिगत र सामाजिक जीवनमा सकारात्मक परिवर्तन आएको छ । साथीभाई, घरपरिवार र माईत सबैबाट उनलाई निकै माया र समर्थन प्राप्त भइरहेको छ । यो सबैले उनलाई अगाडि बढ्न हौसला प्रदान गरेको छ ।

प्रतियोगिताबाट प्राप्त ज्ञान र भविष्यको योजना:

उनको दृष्टिकोणमा यो प्रतियोगिता उनीहरू जस्ता विवाहित महिलाहरूका लागि एउटा ठूलो अवसर हो । यदि प्रतियोगिता नजितेपनि उनले यसबाट नयाँ ज्ञान र अनुभवहरू बटुल्न सकेको सुनाउछिन् । उनले प्रतियोगितामा प्राप्त हुने ज्ञान र अनुभवलाई आफ्नो जीवनमा लागू गर्ने योजना बनाएकी छिन् । तर, आफुले यो प्रतियोगिता जितेको खण्डमा भने महिलाहरूको हकहित र सशक्तीकरणका लागि कार्य गर्ने योजना बनाएको उनको भनाई छ ।

विशेषगरी उनले समाजमा घरेलु हिंसा, अन्याय र अत्याचारको सामना गरिरहेका महिलाहरूलाई सहयोग गर्न चाहन्छिन् । उनले महिलाहरूलाई शिक्षित र आत्मनिर्भर बन्न प्रेरित गर्न आफ्नो भूमिका महत्वपूर्ण बनाउन चाहन्छिन् । उनका विचारमा महिलाहरूले कहिल्यै पनि अन्याय सहेर चुप लागेर बस्नु हुँदैन, बरु आफ्नो हक र अधिकारका लागि आवाज उठाउनु पर्छ । यो प्रतियोगिताबाट प्राप्त अनुभवका आधारमा उनले महिलाहरूलाई समाजमा आफ्नो पहिचान स्थापित गर्न प्रेरित गर्ने योजना बनाएकी छिन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘रावायण’ रि-सेन्सर, अब १६ वर्षभन्दा मुनिकाले समेतले हेर्न पाउने

अर्काे पाेस्ट

अभिनेता सलोन बस्नेतको निर्माणमा फिल्म ‘रंगी’ घोषणा, असोज ११ देखी छायांकन गर्ने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana