Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

असोज ११ देखी प्रदर्शनमा आउने फिल्म ‘आँखा’को ‘खुशी’ गीत सार्वजनिक

✍ परिकला न्यूज
भदौ २१, २०८१ मा प्रकाशित
असोज ११ देखी प्रदर्शनमा आउने फिल्म ‘आँखा’को ‘खुशी’ गीत सार्वजनिक

इटहरी/ फिल्म ‘आँखा’को गीत ‘खुशी’ सार्वजनिक भएको छ । जुन आगामी असोज ११ गतेदेखि दर्शकमाझ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको हरितालिका तीजको अवसरमा निर्माण टिमले यो गीतलाई दर्शकका लागि विशेष उपहारको रूपमा सार्वजनिक गरेको हो । गीतमा प्रकाश मल्ल र राम अविरल बिष्टको शब्द, पवन गिरी र मीना सिंहको स्वर तथा दीपक आरजेको संगीत छ । गंगा थापाको एरेञ्ज, राजीव एन्ड्रियू श्रेष्ठको मिक्सिङ र मास्टरिङले गीतलाई थप सशक्त बनाएको छ ।

स्मिता लामिछाने र आरके मेहतालाई फिचर गरिएको यस गीतले जीन्दगीमा खुशीको खोजी र त्यसलाई प्राप्त गर्ने सपनाहरूको कथा बोल्छ । मिठासपूर्ण शब्द र मन छुने संगीतको कारणले गर्दा गीतले दर्शकहरूको मन जित्ने अपेक्षा निर्माण पक्षले राखेको छ । भिडियोमा स्मिता र आरकेले गीतको भाव अनुसारको उत्कृष्ट अभिनय गरेका छन्, जसले गीतलाई अझ भावनात्मक बनाएको छ । हेर्नुस् भिडियो ।

जोन योन्जनको निर्देशनमा बनेको फिल्म ‘आँखा’को पोस्टर र टिजरले यसअघि दर्शकहरूमा राम्रो चर्चा पाइसकेको छ । चलचित्रकर्मी र शुभचिन्तकहरूले यसलाई सम्भावनावान फिल्मको रूपमा लिएको छन् । यो फिल्म ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण गरिएको हो । यसमा स्मिता लामिछाने र आरके मेहताका अलावा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई मुख्य भूमिकामा छन् ।

निर्देशक योन्जनको कथा र पटकथामा बनेको फिल्मका निर्माता पनि उनै हुन् भने कार्यकारी निर्माता नारायणप्रसाद बराल र सह-निर्मातामा रेनुका कार्की ढोली छन् । फिल्मको सम्पादन कृष्ण भण्डारी र निर्देशक योन्जनले गरेका छन् भने छायांकन आलोक शुक्लाले सम्हालेका छन् । संगीतकार दीपक आरजे र जयन जे वाइवाले फिल्मको संगीत भरेका छन् भने गंगा थापाले पार्श्व संगीत र किशोर आचार्यले ध्वनी मुद्रण गरेका छन् । ‘आँखा’ फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ । नदी किनारका सुकुम्बासीहरूको संघर्षलाई फिल्मले पर्दामा उतार्ने प्रयास गरेको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘बलिदान’ छायांकन सुरु, सम्पुर्ण छायांकन कोशी प्रदेशमा हुने

अर्काे पाेस्ट

झन्डै २५० वर्ष पुरानो नेपालको पहिलो रेकर्डेड गीत ‘राजमती’ नेपाली भाषामा सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana