इटहरी/ फिल्म ‘दुखी आत्मा’मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित् भएका छन् । यो फिल्मको चर्चा निर्माण घोषणा देखी नै चलिरहेको छ । यस फिल्मको सुटिङ २४ भदौबाट सुरु हुने योजना छ । दयाहाङ राई र आँचल शर्मा यसअघि नै फिल्ममा अनुबन्धित भइसकेका थिए । निर्देशक दिपेन्द्र लामाका अनुसार अनुपविक्रमलाई पनि कथाको मागअनुसार उपयुक्त पात्रका रूपमा चयन गरिएको छ ।
क्लक वर्क कृएसन्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् भने छायांकन आलोक शुक्लाले गर्नेछन् । दीपेन्द्र लामा र हिमाल कडरियाको यो दोश्रो सहकार्य हो । जसअन्तर्गत उनीहरूले यसअघि ‘नाङ्गो गाउँ’ नाममा फिल्म बनाएका थिए । जसले बक्स अफिसमा उल्लेखनीय सफलता प्राप्त गरेको थियो । ‘दुखी आत्मा’ फिल्ममा दयाहाङ र अनुपविक्रमले ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ पछि तेस्रो पटक सँगै काम गर्न लागेका छन् ।
सामाजिक हास्यप्रधान यस फिल्ममा दयाहाङ, आँचल, अनुपविक्रमका साथै बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार र यासेली योङहाङजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्ममा समावेश हुने गीतहरूमा सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहनेछ भने सुदीप ढकालले प्रोडक्शन म्यानेजरको भूमिका निर्वाह गर्नेछन् ।
Discussion about this post