Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

यी मध्ये को बन्लान् उत्कृष्ट अभिनेता तथा अभिनेत्री ?

✍ परिकला न्यूज
भदौ १६, २०८१ मा प्रकाशित
यी मध्ये को बन्लान् उत्कृष्ट अभिनेता तथा अभिनेत्री ?

इटहरी/ नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान र विस्तारका लागि ‘यति इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४’ (इन्फा) आयोजना हुने भएको छ । इन्फा अवार्ड १९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना र संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा आगामी भाद्र २९ गते (सेप्टेम्बर १४) लण्डनमा आयोजना हुने तयारी गरिएको छ ।

सन् २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरुलाई आधार मानी उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, कथा/पटकथा, सम्पादक, छायाँकार, संगीतकार, पाश्र्वगायक, पाश्र्वगायिका, नृत्य निर्देशक र खलपात्र लगायतका विधामा मनोनयन सार्वजनिक गरिएको छ ।

जुरी संयोजक सुनिल थापा र सदस्यहरू गौरी मल्ल तथा उज्वल घिमिरेको नेतृत्वमा एभेष्ट फिल्म एकेडेमीमा चलचित्रहरूको समीक्षा पश्चात् उत्कृष्ट मनोनयनहरूको सूची तयार पारिएको हो । यति इन्टरनेशनल नेपाली फिल्म अवार्डलाई भव्य, मर्यादित र निष्पक्ष बनाउन युके कमिटीमा यति नेपाली एसोसियसनका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, उपमहासचिव आशिष राज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा तथा नेपाल कमिटीमा अध्यक्ष सुनिल श्रेष्ठ, महासचिव मनोज केसी, सचिव मोहन श्रेष्ठ, कोषाध्यक्ष प्रशाक कुँवर र संयोजक मनिष कार्की लगायतका पदाधिकारीहरूको सक्रियता रहेको छ ।

इन्फा अवार्ड २०२४ का लागि उत्कृष्ट मनोनयनहरू:

उत्कृष्ट फिल्म:
– जरी: बासुरी फिल्मस्
– दिमाग खराब: सिनेमा आर्टस्/ब्ल्याक हर्स फिक्चर्स
– प्रसाद २: उस.जी. फिल्मस्/सुलभ थापा प्रोडक्सन
– फर्की फर्की: रोहित अधिकारी फिल्मस्
– गाउँ आएको बाटो: मनच्याएम पिक्चर्स/बासुरी फिल्मस्

उत्कृष्ट निर्देशक:
– उपेन्द्र सुब्बा: जरी
– निश्चल बस्नेत: दिमाग खराब
– सुदर्शन थापा: प्रसाद २
– सुयोग गुरुङ: फर्की फर्की
– नविन सुब्बा: गाउँ आएको बाटो

उत्कृष्ट अभिनेता:
– खगेन्द्र लामिछाने: दिमाग खराब
– विपिन कार्की: प्रसाद २
– अनमोल केसी: फर्की फर्की
– दयाहाङ राई: गाउँ आएको बाटो
– प्रदीप खड्का: पुजार सार्की

उत्कृष्ट अभिनेत्री:
– केकी अधिकारी: प्रसाद २
– जसिता गुरुङ: फर्की फर्की
– पशुपति राई: गाउँ आएको बाटो
– मिरुना मगर: जरी
– शिल्पा माश्के: परस्त्री

उत्कृष्ट कथा/पटकथा:
– शुशिल पौडेल: प्रसाद २
– आकाश बराल: दिमाग खराब
– उपेन्द्र सुब्बा: जरी

उत्कृष्ट सम्पादक:
– मिलन श्रेष्ठ: प्रसाद २
– क्वान पुन लेउन: दिमाग खराब
– सुरेन्द्र पौडेल: फर्की फर्की

उत्कृष्ट छायाँकार:
– राजेश श्रेष्ठ: प्रसाद २
– नरेन्द्र मैनाली: फर्की फर्की
– शैलेन्द्र डि कार्की: जरी

उत्कृष्ट संगीतकार:
– शुशान्त गौतम: नांगो गाउँ (सुन सुन सुन्दरी)
– प्रकाश सपुत: बोक्सीको घर (बुझिन मैले)
– कालि प्रसाद बास्कोटा: जरी (चरी बस्यो)

उत्कृष्ट पाश्र्वगायक:
– एस.डी. योगी: नांगो गाउँ (सुन सुन सुन्दरी)
– प्रकाश सपुत: पुजार सार्की (दर्शन गरें)
– कालि प्रसाद बास्कोटा: जरी (चरी बस्यो)

उत्कृष्ट पाश्र्वगायिका:
– अञ्जु पन्त: नांगो गाउँ (सुन सुन सुन्दरी)
– शान्तिश्री परियार: पुजार सार्की (दर्शन गरें)
– समिक्षा अधिकारी: बोक्सीको घर (बुझिन मैले)

उत्कृष्ट नृत्य निर्देशक:
– रामजी लामिछाने: नांगो गाउँ (सुन सुन सुन्दरी)
– शिशिर खत्री: पुजार सार्की (दर्शन गरें)
– किरण थापा: फर्की फर्की (फर्की फर्की)

उत्कृष्ट खलपात्र:
– अर्पण थापा: प्रसाद २
– प्रमोद अग्रहरी: अगस्त्य
– कोशिश क्षेत्री: ऐचौं पैचों

यसका अतिरिक्त, पपुलर अभिनेता, पपुलर अभिनेत्री, उत्कृष्ट अभिनेता (जुरी), उत्कृष्ट अभिनेत्री (जुरी), पर्फमर अफ दि एयर र लाइफटाइम एचिभमेन्ट अवार्डका लागि पनि छुट्टै पुरस्कार प्रदान गरिनेछ । जसका नामहरु अवार्ड समारोहको दिनमा घोषणा गरिनेछन् । यस वर्षको इन्फा अवार्डले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय पहिचानलाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

अगाडिकाे पाेस्ट

पारिवारिक कथा बोल्ने ‘सानो संसार’ फिल्मको टिजर सार्वजनिक

अर्काे पाेस्ट

फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’मा बुवा बिजय बराल र छोरा प्रकाश सपुतको मनछुने कथा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana