Saturday, May 9, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘सतिदेवी’ हेरेपछि ३ दिनसम्म सम्झिदैँ रुएको प्रतिक्रिया

✍ सुवास संकल्प
भदौ ११, २०८१ मा प्रकाशित
फिल्म ‘सतिदेवी’ हेरेपछि ३ दिनसम्म सम्झिदैँ रुएको प्रतिक्रिया

इटहरी/ नेपाली फिल्म ‘सतिदेवी’ अहिले देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ । यो फिल्मले दर्शकहरूबाट अत्यधिक प्रशंसा पाउँदै आएको छ । भावनात्मक कथावस्तु र उत्कृष्ट अभिनयका कारणले गर्दा फिल्मले धेरै दर्शकलाई भावुक बनाएको छ । जसले गर्दा हलबाट रुदै निस्किएको दृश्यहरू समेत सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ । यस्तै, एक दर्शकले आफ्नो अनुभव फेसबुकमा साझा गर्दै फिल्मले दिएको भावनात्मक प्रभावबारे बोलेकी छन् ।

सुजा चोम्बाङ लिम्बू नामकी उक्त फेसबुक प्रयोगकर्ताले ‘सतिदेवी’ फिल्मलाई लिएर भिडियोसहित प्रतिक्रिया व्यक्त गरेकी छन् । उनले फिल्म हेरेपछि लगातार तीन दिनसम्म त्यो कथालाई सम्झिँदै रुँदै बसेको बताएकी छिन् । सुजाले शुक्रबार नै उक्त फिल्म हेरेको र आफ्नो सोचभन्दा निकै उत्कृष्ट रहेको बताएकी छिन् ।

भिडियोमा उनले फिल्मको प्रशंसा गर्दै सम्पूर्ण फिल्म युनिटलाई धन्यवाद व्यक्त गरेकी छन् । उनले विशेषगरी सतिदेवीको भूमिका निभाएकी कलाकार मलिका महत र बालकलाकारहरुको अभिनयलाई मन पराएको उल्लेख गरेकी छिन् । ‘सतिदेवी’ फिल्ममा मुख्य भूमिका निभाएका कलाकारहरूको सशक्त अभिनय र कथा प्रस्तुत गर्ने तरिकाले दर्शकहरूलाई हलसम्म तान्न सफल भएको छ । फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक भएसँगै सो पोस्टरमा मलिका महतलाई कालोमोसो र जुत्ताको माला लगाएको अवस्थामा देखिएपछि दर्शकहरूको चासो बढेको थियो ।

‘सतीदेवी’ले पितृसत्तात्मक सोचलाई चुनौती दिएको छ भने विशेषगरी छोरा अनिवार्य भन्ने धारणा विरुद्ध बोल्छ । चलचित्रले समाजमा छोरीहरूको महत्त्व र योगदानलाई प्रस्ट रूपमा उजागर गर्छ । फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदी हुन् । फिल्ममा मलिकासंगै सन्दीप, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, र सुजिता सिवाकोटीको अभिनय रहेको छ । फिल्ममा बाबु श्रेष्ठको छायांकन र तारा थापा (किम्भे)को सम्पादनले उत्कृष्टता थपेको छ । ‘सतीदेवी’ले केही महत्त्वपूर्ण चलचित्र महोत्सवहरूमा अवार्ड जितिसकेको छ । जसले यसको उच्च गुणस्तरलाई प्रमाणित गर्छ ।

अगाडिकाे पाेस्ट

तिहारमा पल शाह र प्रदीप खड्का बिच प्रतिष्पर्धा हुने पक्का

अर्काे पाेस्ट

प्रदिप र सौगातले शुभ मुहुर्त सट दिँदै फिल्म ‘पिताम्बर’को छायांकन सुरु

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो
कलिउड न्युज

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
कलिउड न्युज

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana