Saturday, May 9, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पाँच भिन्न अवतारसहित फिल्म एक्टरमा प्रदिप खड्का, सार्वजनीक भयो क्यारेक्टर लुक्स पोस्टर

✍ सुवास संकल्प
भदौ ६, २०८१ मा प्रकाशित
पाँच भिन्न अवतारसहित फिल्म एक्टरमा प्रदिप खड्का, सार्वजनीक भयो क्यारेक्टर लुक्स पोस्टर

इटहरी/ प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर हालै सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा प्रदीप खड्का पाँच भिन्न अवतारमा देखिएका छन्, जसले दर्शकहरूको चासो र उत्सुकता बढाइदिएको छ । पोस्टरमा प्रदीपलाई घाइते अवस्थामा, नेपाली पोसाकमा, पाइलटको पोसाकमा, लामो कपालमा क्याजुल लुक्समा र स्वेटरमा जाडो मौसमको लुक्समा देखाइएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान खिच्ने भनेको उनको चोटग्रस्त लुक्स हो । यस लुक्समा प्रदीपको टाउकोमा ब्यान्डेज बाँधिएको छ, हातमा प्लास्टर लगाइएको छ र उनी बैशाखीको सहारामा उभिएका छन् । यो लुक्सले प्रदीपको चरित्रलाई कुनै ठूलो दुर्घटना वा आक्रमणको शिकार भएको संकेत दिन्छ ।

यद्यपि, यी पाँच लुक्समध्ये कुन क्यारेक्टरले फिल्ममा प्रमुख भूमिका खेल्नेछ भन्ने कुरा खुलाइएको छैन । फिल्म आगामी कात्तिक १५ गते रिलिज हुँदैछ । प्रदीप खड्कासँगै फिल्ममा डेब्यु अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिकामा छिन् । राजन भुसालको निर्देशनमा बनेको यस फिल्ममा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी (पीके), देवेन्द्र नेपाललगायतका कलाकारहरू पनि रहेका छन् । राजवल्लभ कोइरालाको यो कमब्याक फिल्म हो । फिल्मको निर्माता थमन कुमारी भण्डारी हुन् भने पोस्टरको डिजाइन रोयल भिमसेनले गरेका हुन् ।

अदृत फिल्मस् र मोती फिल्म्सको प्रस्तुति रहेको यस फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका छन् । फिल्मको लेखक आकाश बराल र राजन भुसाल हुन् । फिल्ममा शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व निर्देशन, कृष्णमान तामाङको आर्ट डिरेक्सन, र हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ । फिल्मका सह निर्देशक विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, र सुमन कार्की हुन् । निमेश श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् भने राजेन्द्र मुक्ताङले कलरको जिम्मा लिएका छन् । ‘एक्टर: टेक वान’को यो पोस्टरले फिल्मप्रतिको कौतुहलता अझै बढाइदिएको छ र प्रदीप खड्काको नयाँ अवतार हेर्न दर्शकहरू उत्साहित छन् ।

अगाडिकाे पाेस्ट

३ दिन लगाएर कोशी प्रदेशको ५ शहरमा सकियो ‘रावायण’ फिल्मको सिटी सफारी प्रचार

अर्काे पाेस्ट

भदौ १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘वर एण्ड वधु’ युनिटको इटहरीमा पत्रकार भेटघाट

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो
कलिउड न्युज

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
कलिउड न्युज

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana