Thursday, March 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

३ दिन लगाएर कोशी प्रदेशको ५ शहरमा सकियो ‘रावायण’ फिल्मको सिटी सफारी प्रचार

✍ सुवास संकल्प
भदौ ७, २०८१ मा प्रकाशित
३ दिन लगाएर कोशी प्रदेशको ५ शहरमा सकियो ‘रावायण’ फिल्मको सिटी सफारी प्रचार

इटहरी/ ‘रावायण’ फिल्मको प्रचारप्रसार अभियान अन्तर्गत कोशी प्रदेशका पाँच प्रमुख शहरहरू इटहरी, विराटनगर, धरान, दमक, र बिर्तामोडमा तीन दिन लगाएर सिटी सफारी प्रचारको काम सम्पन्न भएको छ । यो अभियानको क्रममा हरेक शहरमा ५०/५० वटा सिटी सफारीमा फिल्मका पोस्टर टाँसिएका थिए । यसरी कुल २५० वटा सिटी सफारीमा ‘रावायण’ फिल्मको पोस्टर राखिएको छ । पोस्टर टाँस्नका साथै स्थानीय बासिन्दा र सफारी चालकहरूलाई फिल्मको टिजर देखाएर उनीहरूको प्रतिक्रिया पनि लीएको थियो । टिजर हेरिसकेपछि धेरैले फिल्मलाई मद्रासी शैलीको भन्दै प्रशंसा गरेका थिए ।

खासगरी, अभिनेता पल शाहको गेटअप र एक्सनका दृश्यले दर्शकहरूलाई निकै प्रभावित पारेको देखियो । स्थानीय बासिन्दाहरूको प्रतिक्रिया संकलन गर्दा अधिकांश स्थानहरूमा पल शाहका फ्यानहरू भेटिएका थिए, जसले फिल्मप्रतिको उत्साह झल्काउँछ । सिटि सफारीमा पोस्टर प्रचार निकै प्रभावकारी हुनेगर्छ । हरेक दिन दिनभर चोक चोकमा सफारी डुलिरहने हुदा फिल्मको प्रचारमा यसले निकै सहयोग पुर्याउने हुदा फिल्म युनिटको आकर्षण यस किसिमको प्रचारमा बढ्दो छ । अझ शो क्रममा टिजर तथा ट्रेलर देखाउदै प्रतिक्रिया लिने नया शैलीले फिल्म प्रति चासो बढ्ने देखिएको छ ।

‘रावायण’ फिल्म भदौ २१ गते प्रदर्शनमा आउने तयारीमा छ । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको यस फिल्मकी निर्माता पूजा शर्मा हुन् भने कार्यकारी निर्माता सुशन पाठक रहेका छन् । फिल्ममा मुख्य कलाकारहरूमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठ रहेका छन ।

फिल्मको कथा सुदर्शन थापाले लेखेका हुन् भने पटकथा शिवम अधिकारीले तयार पारेका छन् । प्रदीप श्रीवास्तव र राज गौरवले फिल्मको ओरिजिनल हिन्दी स्क्रिप्ट तयार पारेका हुन् । छायांकनको जिम्मा सौरभ लामाले लिएका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । साउण्ड डिजाइन प्रमोद श्रीनिवासनले गरेका छन् । फिल्ममा संगीत निरज सिंह र रेवन आरती सिंहको छ, जसमा नकासा अजिज, कुनाल गान्जावाला र सोनु कक्करले स्वर दिएका छन् । डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवले गीत लेखेका छन् ।

फिल्मको ब्याकग्राउन्ड स्कोर रेवन आरती सिंहले तयार पारेका छन् भने आर्ट डिरेक्सन उमेश चौधरीले गरेका छन् । कोरियोग्राफी विक्रम स्वार र रामजी लामिछानेले गरेका छन् । एक्सन निर्देशन श्री श्रेष्ठको छ । फिल्मको भीएफएक्स समीर मियाँले गरेका छन् भने फिल्मको कलर राजेन्द्र मोक्तानले गरेका छन् । पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन् भने प्रोडक्सन डिजाइन नविन पुरीले गरेका छन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ । ‘रावायण’ फिल्ममा देखाइएको एक्सन, गेटअप र भिजुअल इफेक्ट्सको प्रभावले दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘नरसिंहाः अवतार’मा भित्रीए ‘प्रशान्त ताम्राकार

अर्काे पाेस्ट

पाँच भिन्न अवतारसहित फिल्म एक्टरमा प्रदिप खड्का, सार्वजनीक भयो क्यारेक्टर लुक्स पोस्टर

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित
कलिउड न्युज

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana