इटहरी/ नेपाली फिल्मलाई विश्व बजारमा फैल्याउने उद्देश्य सहित नेपाली गोर्खा सैनिकको वीरगाथामा बनेको फिल्म ‘गोर्खा वारियर’ बेलायतको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’मा ग्राण्ड प्रीमियर गरिने भएको छ । जहाँ हलिउड र बेलायतका ख्यातिप्राप्त फिल्मको प्रीमियर गर्ने बेलायतकै सानको रुपमा लिइन्छ । सन् २०२३ को सेप्टेम्बर १० तारिखमा प्रिमियर हुने गोर्खा वारियर नेपाली फिल्म उधोगको इतिहासमै पहिलो पटक गर्न लागिएको फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले बताए । २० वर्षअघि आफुले देखेको सपना बल्ल पूरा भएको निर्माता तथा निर्देशक चाम्सको भनाई छ । उनका अनुसार यो नेपाली फिल्म उधोगकै लागि गौरवको कुरा हो । गोर्खा वारीयर नेपाली, अँग्रेजी र हिन्दी गरी तीन भाषामा रिलिज हुँदैछ । हेर्नुस् यो समाचारसंग सम्बन्धीत सामग्रीसहित कार्यक्रम हाईलाइट्स :
फिल्म युनिटले काठमाडौमा पत्रकार भेटघाट गर्दै उक्त प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरु, बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघसंस्था एवम् निकायका उच्च पदका व्यक्तित्वहरु लगायत नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई सो प्रिमियरमा निमन्त्रणा गरिएको जानकारी गराईयो । अन्तराष्ट्रिय बजारमा नेपाली फिल्मलाई पुर्याउनका लागि अन्तराष्ट्रिय स्तरकै उपयुक्त विषयबस्तु भएकाले पनि यो साहस गरिएको हो ।
नेपाली भाषाको कार्य सकिएपनी अङ्ग्रेजी र हिन्दी भाषाको पोष्ट प्रोडक्सनको कार्य यतिबेला भारतको मुम्बई र बेलायतको लन्डन स्थित स्टुडियोमा भईरहेको छ । रितेश चाम्सले यो फिल्मबाट नायकको रुपमा डेब्यु गर्दैछन् भने उनको अलावा फिल्ममा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको गोर्खा वारियरको हिन्दी भर्सनमा भारतीय गायक सानले गीत गाएका छन् । फिल्मको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् भने कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे र सहनिर्मातामा सुरेश राई रहेका छन् । यो फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ ।
Discussion about this post