इटहरी / हलमा लगातार हाउसफुल दर्शक बटुलिरहेको चलचित्र ‘महाजात्रा’ दोस्रो सातामा प्रवेश गरेको छ। निर्माताको जानकारी अनुसार पहिलो हप्ता यो चलचित्रले नेपालबाट ६ करोड २४ लाखको व्यापार गरेको छ भने विश्वभर दस करोडको ग्रस कलेक्सन गरेको छ ।
रिलिजको पहिलो दिन नै १ करोड २३ लाख बराबरको ग्रस व्यापार यो चलचित्रलाई हाल नेपालको सबैभन्दा ठुलो चलचित्र हल चेन क्युएफएक्सले सुपर हिट चलचित्रको ट्याग दिइसकेको छ।
दोस्रो हप्ता सुरु हुदा पनि `महाजात्रा´ फिल्म हेर्न आउने दर्शकको उत्साह कायमनै छ । यो चलचित्र का अघिल्ला दुई श्रृङखलाहरु ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताको कारण पनि ‘महाजात्रा’ प्रतीक्षित थियो।
प्रदीप भट्टराई लेखन तथअ निर्देशन रहेको यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ।
षटकोण आर्ट्सको प्रस्तुतिमा बनेको यस चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् । निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् । यसको स्क्रिप्ट कन्सल्टेन्ट मनोज पण्डित हुन् भने कलरिस्ट रेनिस फागो, सम्पादक मित्र डी गुरुङ, डीओपी पुरुषोत्तम प्रधान तथा ब्याकग्राउन्ड स्कोर रोहित शाक्य र शैलेश श्रेष्ठको रहेको छ । चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।
Discussion about this post