इटहरी/ अभिनेता अनमोल केसीको एउटा फिल्ममा खेले बापतको पारिश्रमिक ५० लाख भनेर धेरै अगाडि देखी नै चर्चा व्यापक चलेको थियो । तर, यो कुरालाई धेरैले विश्वास गर्न सकिरहेका थिएनन् । अन्ततः हालै विश्वास गर्ने आधार खुलेको छ । केसीको पछिल्लो फिल्म ‘फर्की फर्की’मा निर्माता रोहित अधिकारीले ५० लाख पारिश्रमिक दिएको खुलेको हो ।
अधिकारीले फेसबुकमा एक पोस्ट सहित आधिकारिक प्रमाण सार्वजनिक गर्दै केसीले सरकारलाई सो रकमको ७ लाख ५० हजार कर तिरेको समेत खुलेको छ । सरकारलाई आम्दानी वापतको तिर्नुपर्ने १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) करको रोहितले एक स्क्रीनसट सार्वजनिक गरेका छन् ।
जहाँ रोहितको कम्पनी ‘रोहित अधिकारी फिल्म्स’ले अनमोललाई ५० लाख दिएको र उक्त रकमको कर यहि असार २८ गते जम्मा गरेको देखिएको छ । नेपालका प्रायः कलाकारहरुले तिरेको कर खुलाईदैन । तर, अनमोलले राम्रो सुरुवात गरेका छन् ।
Discussion about this post