इटहरी/ राई इज किङ उपनामले ख्याती कमाएका लोकप्रिय गायक राजेश पायल राई पछिल्लो समय मदिराको लतका कारण आफ्नो ख्याती गुमाउदै गैरहेका छन् । केही अघि मदिरा खाएर मध्यरातमा होहल्ला गर्दा प्रहरी हिरासतमा पुगेका राई पुनः मदिराको लफडामा परेका छन् । उनलाई उड्नै लागेको प्लेनबाट प्रहरीको जिम्मा लगाईएको छ । राजेश पायल दुबई जान लागेका थिए ।
अत्याधिक मदिरा सेवन गरि प्लेन चढेका उनले प्लेन भित्रका कर्मचारीसंग झगडा गर्दै होहल्ला मच्चाउन थालेपछी प्रहरीको जिम्मा लगाईएको बताईएको छ । गायक राई यहि जुन २९ मा दुबईको याक एण्ड यति एभरेस्ट क्लबमा आयोजना हुने साङितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन फ्लाई दुबईको जहाज मार्फत उनी दुबई उड्न लागेका थिए । तर उनको रक्सीको लतले गर्नु गर्यो ।
बर्षौदेखी कमाएको ख्याती यसरी रक्सीको लतमा लागेर गुमाउदै जाँदा उनका फ्यानहरु निरास छन् । केहि समयअघि आफ्नी धर्मपत्नीसंग डिभोर्स गरेर समेत आलोचित भएका उनी प्रती आफ्नो बच्चाको जन्मदिनमा पुर्वपत्नीसंगै फ्यानहरुले देखेपछि खुशी भएका थिए । धेरैले पुनः यो परिवार एक भएको हेर्ने अपेक्षा गरेर खुसी भएको केहिदिनमै यस्तो खबरले फ्यानको खुशी टिक्न सकेन ।
Discussion about this post