Saturday, May 9, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘बलिदान’मा भारतका द्वन्द्व निर्देशक र छाँयाकार फाईनल, ५० जनाको प्राविधिक टिम नेपाल आउने

✍ परिकला न्यूज
असार १०, २०८१ मा प्रकाशित
‘बलिदान’मा भारतका द्वन्द्व निर्देशक र छाँयाकार फाईनल, ५० जनाको प्राविधिक टिम नेपाल आउने

इटहरी/ निर्माता सन्तोष सेनको निर्माण तथा निर्देशन रहने फिल्म ‘बलिदान’को टिमअप बलियो बन्दै गैरहेको छ । सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’का लागि दक्षिण भारतका सयौँ करोडका प्रख्यात चलचित्रहरू बनाइसकेका चर्चित द्वन्द्व निर्देशक, छायाकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा फाईनल गरेको छ । जसमा, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि सहित करिब ५० जनाको प्राविधिक टिमले नेपाल आएर ‘बलिदान’मा काम गर्नेछन् ।

द्वन्द्व निर्देशक सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’, चियान विक्रमको फिल्म ‘थङ्गलम’ लगायतमा काम गरिसकेका छन् । छायाकार ऋषि गत हप्ता रिलिज भएको नेपाली फिल्म ‘बाटो: रोड टु डेथ’का छायाकार हुन् । हाल नेपालमा उनको छायाङ्कनको खुलेरै तारिफ भइरहेको छ । त्यस्तै, उनले दक्षिण भारतमा चर्चित फिल्महरू सुपरस्टार रजीनिकान्तको फिल्म ‘पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको फिल्म ‘आचार्य’को छायाङ्कन टिममा रहेर काम गरेका छन् ।

यो संगै छायाङ्कनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू समेत भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले बताए । गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरङ्कुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने सारांशमा आधारित नेपाली फिल्म ‘बलिदान’ छायाङ्कनको लगभग अन्तिम चरणमा छ । फिल्मका लागी यतिबेला इटहरीमा अवस्थित फिल्म छायांकनका लागी नेपालकै ठूलो इन्डोर स्टुडियो ‘बिएमसि स्टुडियो’संगै बिराटनगर, कानेपोखरी लगायत ठाउँमा सेट बनाउने कार्य भैरहेको छ । बलिदानको करिब ६० प्रतिशत छायांकन सोहि स्टुडियोमा नै हुनेछ ।

नेपालमा यस किसिमको चलचित्र उत्पादन ऐतिहासिक र युगान्तकारी साबित बनाउन निर्माण टिम ठुलो मेहनत र लगानी खर्चेर प्रि-प्रोडक्सनमा लागीपरेको छ । फिल्मका निर्माता तथा निर्देशक सन्तोष भन्छन्, ‘हामीले बलिदानलाई उच्चस्तरीय नेपाली चलचित्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रण गरेका छौँ । यसको लागि हामीले दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्दैछौँ । यो एक सामान्य चलचित्र मात्र नभएर नेपाली चलचित्र उद्योगका लागि एक ऐतिहासिक, क्रान्तिकारी र महान् चलचित्रको ढोका खोल्ने कोशेढुङ्गाका रूपमा साबित गराउनेछौँ ।’

‘बलिदान’को प्रमुख भूमिकामा नेपाली फिल्मका एक्सन अभिनेता बिराज भट्टका छोरा समीर भट्टले अभिनय गर्दैछन् । एक ‘प्याकेज हिरो’को सम्भावना बोकेका भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । यस फिल्ममा अभिनेता त्रय सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि प्रमुख अभिनय रहनेछ । यता कोशी प्रदेशका कलाकारलाई पनि सहभागी गराउने उद्देश्य सहित केही साताअघि २ दिन लगाएर निर्माण टिमले इटहरीमा अडिसन लिएको थियो । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।

अगाडिकाे पाेस्ट

उपासना र धिरजको प्रेम अनि पिंडा झल्किएको ‘खुस्मा’को २ पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

इटहरीमा आदिवासी जनजाति तथा मातृभाषी चलचित्रसम्बन्धि बिचार गोष्टि गरिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो
कलिउड न्युज

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
कलिउड न्युज

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana