Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

भव्य प्रिमियर भयो फिल्म ‘बाटो: रोड टु डेथ’को, कस्ले के भने ?

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८१ मा प्रकाशित
भव्य प्रिमियर भयो फिल्म ‘बाटो: रोड टु डेथ’को, कस्ले के भने ?

इटहरी/ यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटो: रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ । ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा चलचित्रको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो ।चलचित्रको प्रिमियर इभेन्टलाई वि.सं. २०३५ सालदेखि सक्रिय राठी ग्रुपको एढेसिभ उत्पादन राठीकोलले बोन्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो । प्रिमियरमा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी, राठी कोलका सिईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका एचओडी रिदम शाह लगायत उपस्थित थिए । अध्यक्ष राठीले चलचित्र क्षेत्रमा पहिलो पटक जोडिएर काम गर्न पाउँदा गर्व महसुस गरेको र आगामी दिनमा पनि यस क्षेत्रमा कुनै न कुनै बहानामा जोडिइरहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो चलचित्र हेर्ने गति सबैले प्रशंसा गरेको बताए । उनले यस्तै प्रशंसा नेपाली दर्शकहरूबाट पनि पाउनेछु भन्ने आशा आफूले लिएको बताए । उनले भने, “नेपाली चलचित्रको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ । आजकल दर्शक फिल्ममेकर बन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले चलचित्र राम्रो नै बनाउनु पर्छ।”

चलचित्रका अभिनेता सुलक्षण भारतीले यो चलचित्रमा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए । उनले यस प्रकारको चलचित्र नेपालमा यसअघि नबनेको बताए । अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतीक्षापछि चलचित्र रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे। अभिनेत्री रक्षा थापाले यो चलचित्रमा एकदमै धेरै भावना जोडिएको बताइन् । उनले ‘बाटो’ हेर्दा चलचित्र सकिएको थाहा नै नहुने बताइन् । अभिनेत्री मिथिला शर्माले यस चलचित्रमा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन् । अहिलेसम्म नेपालमा बनेका चलचित्रहरू मध्ये बिलकुल फरक बनेको र यो चलचित्रले दर्शकलाई एउटा बाटोमा डोर्‍याउन सफल रहने प्रतिक्रिया प्रिमियर शो पछि प्रतिक्रिया दिँदै सहभागीले बताए ।

प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा सहभागीले जनाए । काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रका निर्माता चन्दन झा हुन् । यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायाकार शरण ऋषिले छायाङ्कन गरेका छन् । चलचित्रका लाइन प्रोड्युसरहरू शङ्कर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन् भने कार्यकारी निर्माताहरू रणधीर कुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकाङ्क्षा बस्नेत र विशाखा विक्रम थापा हुन् । त्यस्तै, सह निर्माताहरू विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा हुन् । चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। जेठ ३२ गते नेपालभर रिलिज हुने यस चलचित्रलाई डिसिएनले वितरण गर्दैछ ।

अगाडिकाे पाेस्ट

दशैँमा ‘छक्का पन्जा-५’ र ‘बेहुली फ्रम मेघौली’, ‘बलिदान’ यसकारण पछि हट्न सक्छ

अर्काे पाेस्ट

आदिवासी जनजाति चलचित्र प्रवर्द्धन गर्न समिती गठन भैसक्यो: संयोजक ज्योतिराज राई

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार
कलिउड न्युज

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana