Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दशैँमा ‘छक्का पन्जा-५’ र ‘बेहुली फ्रम मेघौली’, ‘बलिदान’ यसकारण पछि हट्न सक्छ

✍ सुवास संकल्प
जेष्ठ ३१, २०८१ मा प्रकाशित

इटहरी/ नेपालीहरुलाई चाडवाड लाग्दा उत्साह र उमंग थपिएको देखिन्छ भने चलचित्र क्षेत्रमा पनि सोही अवस्थाको सृजना हरेक वर्ष भैरहेको हुन्छ । यतिबेला दशैँ खाने ३ फिल्म देखिएको छ । ‘बलिदान’, ‘छक्का पन्जा-५’ र ‘बेहुली फ्रम मेघौली’ । यी ३ मध्ये ‘बलिदान’ भने यो मितिमा प्रदर्शन हुने छाँटकाट न्यून छ । कारण, ‘बलिदान’को छायांकन नै सुरु भएको छैन । यतिबेला कोशी प्रदेश अन्तर्गत सुनसरीको इटहरीमा इन्डोर स्टुडियो सेट डिजाईनको काम भैरहे संगै मोरङको बिराटनगर र कानेपोखरीमा २ छुट्टाछुट्टै सेट निर्माणको काम भैरहेको छ ।

फिल्म ‘बलिदान’को छायांकन सुरु हुन अझै १ महिना बढी लाग्ने देखिन्छ । फिल्मका प्रमुख अभिनेता समीर भट्ट यतिबेला अर्को फिल्म ‘१२ गाउँ’को छायांकनमा ब्यस्त छन् । त्यसैले पनि ‘बलिदान’ फिल्मको छायांकन तत्काल नहुने देखिन्छ । निर्माण युनिटसंग यसबारे कुरा गर्दा समेत समय अभावका कारण निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने संकेत गरेका छन् । फिल्मको छायांकन सेड्युल नै ६० दिनको रहने बताईएको छ । यसर्थ पनि फिल्म निर्धारित मितिमा प्रदर्शन नहुने देखिन्छ । दिपक-दिपासंग नजुध्ने संकेत समेत निर्माता सन्तोष सेनले दिएका छन् । त्यसैले अब ‘बलिदान’ युनिटले २०८२ सालको दशैँ खाने दाउमा रहेको अड्कल गर्न सकिन्छ । जे होस्, जुध्नु हानिकारक छ । जुधाईको उदाहरणहरु देख्दै आईरहेका नै छौँ ।

यता ‘बलिदान’ नजुध्ने देखिएपनी ‘छक्का पन्जा-५’ संग जुध्न स्वस्तिमा खड्काको ‘बेहुली फ्रम मेघौली’ आएको छ । यो जुधाई कदापी राम्रो हैन । तर, छक्का पन्जा ५ ले दशैँको फुलपाती लक्षित गरेर असोज २४ गते मिति सार्वजनिक गर्दै छायांकन सुरु गरेको छ । यता छायांकन सम्पन्न भैसकेको ‘बेहुली फ्रम मेघौली’ ले भने दशैँ मात्रै भनेको छ, फिक्स मिति भने सार्वजनिक गरेको छैन । आश छ यी २ ब्राण्ड भ्यालु भएका फिल्म युनिटले आपसी समझदारीमा दुबैलाई व्यापारीक घाटा नहुने गरि केही साताको अन्तरमा प्रदर्शन गर्नेछन् ।

आमा सरस्वती मुभिज र आईएमीको प्रस्तुतीमा निर्माण हुने फिल्म ‘छक्का पन्जा ५’ दिपा श्री निरौलाले निर्देशन गर्दैछिन् भने सार्वजनिक फर्स्टलुक पोस्टरमा राजाको पहिचान बनाएका दिपकसंगै अभिनेत्री वर्षा सिवाकोटीलाई पनि फिचर्ड गरिएको छ । उनको गेटअपले रानीको संकेत गर्छ । ब्याकग्राउण्डमा राजखान्दानको जस्तो देखिने घरको बनावट अनि बर्षा बसेको कुर्सीले उनी यसपटक राजा दिपकको रानी बनेर देखिने अड्कल गर्न सकिन्छ । अर्थात दिपकले बर्षालाई बिहे गर्छन् । अब सत्य बुझ्नलाई त फिल्म प्रदर्शन पर्खनै पर्यो । यता सार्वजनिक पोस्टरमा दिपक र बर्षाको छेउमै उभिएर बडेमानको छाताले बर्षालाई फिल्मका अर्का पात्र माग्नेबुढाले ओढाईरहेका छन् । यो फिल्मको ४५ दिनको सेड्युल सहित काभ्रेको पाँचखाल क्षेत्र, पनौती, पोखरा छायांकन भैरहेको छ । फिल्ममा अन्य कलाकारहरूको बारेमा भने खुलाईएको छैन् ।

यस्तै दशैँ खाने दाउमै सार्वजनिक भएको ‘बेहुली फ्रम मेघौली’ को पोस्टरले पनि यतिबेला सामाजिक संजालमा राम्रै चर्चा बटुलिरहेको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्काले ट्याक्टर कुदाउदै कसैलाई थर्काउदै पिछा गरेको जस्तो देखिन्छ । उनी बेहुली पहिरनमा छिन् । यो फिल्म निश्चल बस्नेत र स्वस्तिमा खड्काको होम प्रोडक्सन फिल्म हो । यो फिल्मका निर्मातामा स्वस्तिमा र निश्चल नै छन् भने शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता हुन् । सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’मा निश्चल र स्वस्तिमासंगै विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रामबाबु रेग्मी, लुनिभा तुलाधर, सिरु खड्का, बसुन्धरा भुसाल, रक्षा थापालगायत कलाकारको पनि अभिनय छ । यो फिल्म ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्मस्को प्रस्तुतिमा निर्माण भएको हो । कमेडी-सोसल जनरामा बनेको यो फिल्मबाट स्वस्तिमा खड्का निर्माताको रुपमा डेब्यु गर्दैछिन् ।

अगाडिकाे पाेस्ट

एकबेलाको हिट गीत ‘सानू म’का मोडल दिपेशको हिड्दा हिड्दै लडेर निधन

अर्काे पाेस्ट

भव्य प्रिमियर भयो फिल्म ‘बाटो: रोड टु डेथ’को, कस्ले के भने ?

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana