Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

जेठ महिनामा फरक-फरक ३ कार्यक्रमबाट कोशी प्रदेशका ६ चलचित्र पत्रकार सम्मानित

✍ सुवास संकल्प
जेष्ठ २३, २०८१ मा प्रकाशित

इटहरी/ पछिल्लो समय कोशी प्रदेशमा चलचित्रका गतिविधिहरु बढिरहेका छन् । यो प्रदेशमा ठुला फिल्मका अडिसन गर्ने, छायांकन गर्नेदेखी यहाँ प्रिमियर गर्ने र प्रचारप्रसारमा कलाकारहरूको उपस्थिति समेत हुने गरेको छ । यस्तैमा चलचित्र पत्रकारहरूको पनि कोशी प्रदेशमा चहलपहल राम्रै हुनेगर्छ । चलचित्र पत्रकार संघ नेपालको कोशी प्रदेशमा १ प्रदेश र ४ जिल्ला शाखा गरि ५ ओटा शाखा छन् । यो जेठ महिनामा यी शाखाहरुका चलचित्र पत्रकारहरुलाई सम्मान गर्ने लहर नै चल्यो ।

जेठ महिनामा चलचित्र र चलचित्र पत्रकार सम्बन्धी आयोजना भएका ३ ओटा कार्यक्रममा ६ जना चलचित्र पत्रकार सम्मानित भएका छन् । जेठको ७ गते संघको २५ औं वार्षिकोत्सबको अवसरमा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाले आयोजना गरेको कार्यक्रममा ‘चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ बाट चलचित्र पत्रकार भीषण राई र गोपाल दाहाल सम्मानित भएका थिए । यस्तै सोही कार्यक्रममा नयाँलाई प्रोत्साहन स्वरुप ‘चलचित्र पत्रकार प्रोत्साहन पुरस्कार’ले नगद ५०२५ सहित चलचित्र पत्रकार सुमित कार्की सम्मानित भएका थिए ।

यता कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत आयोजना भएको ‘चलचित्र महोत्सव-२०८१’ मा पनि चलचित्र पत्रकारलाई सम्मान गरियो । उक्त महोत्सवको अन्तिम दिन अर्थात जेठ ११ गते समापन कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल मोरङ जिल्ला शाखाका अध्यक्ष प्रेम देवान सम्मानित भएका थिए । उनलाई ‘प्रादेशिक चलचित्र सम्मान’बाट सम्मानित गरिएको हो ।

यस्तै नेपाल चलचित्र संघ कोशी प्रदेश शाखाको आयोजनामा सुनसरीको रामधुनी नगरपालिका अवस्थित झुम्काको म्याजिक सिनेमा हलमा यहि जेठ १७ गते चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश सह-सचीव बिकल श्रेष्ठ र चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाका उपाध्यक्ष मनोज दाहाल एकसाथ सम्मानित भए । श्रेष्ठ र दाहाललाई कोशी प्रदेशमा रहेर लामो समयदेखी चलचित्र क्षेत्रको समृद्धिको लागी कलम चलाएको भन्दै पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हातबाट सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

अगाडिकाे पाेस्ट

स्टार मेकर फिल्म होस्टेलको तेस्रो शृङ्खला ‘होस्टेल-३’मा भित्रीए रिहान, पदम र सिम्रन

अर्काे पाेस्ट

फिल्म ‘लण्डन टु पेरिस’ अग्रिम टिकट बुकिङ खुल्ला

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana