Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

स्टार मेकर फिल्म होस्टेलको तेस्रो शृङ्खला ‘होस्टेल-३’मा भित्रीए रिहान, पदम र सिम्रन

✍ परिकला न्यूज
जेष्ठ २३, २०८१ मा प्रकाशित
स्टार मेकर फिल्म होस्टेलको तेस्रो शृङ्खला ‘होस्टेल-३’मा भित्रीए रिहान, पदम र सिम्रन

इटहरी/ अहिलेका स्टार अभिनेता अभिनेत्रीहरु जन्माएको फिल्म ‘होस्टेल’ सिरिजको तेश्रो शृङ्खला ‘होस्टेल-३’ निर्माण हुने भएको छ । यो संगै यतिबेला फिल्मका लागी कलाकारहरु अनुबन्ध भैरहेका छन् । यसैक्रममा ‘होस्टेल-३’ को प्रमुख भुमिकाको लागी रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्ध भएका छन् । यसअघि कुल ब्वाई उपनामले लोकप्रिय भएका पारस बम अनुबन्धित भएका थिए । अब यो फिल्मका लागी कलाकारहरूको लाईनअप लगभग पूरा भएको छ । अब २ कलाकार अनुबन्ध गरेपछि फिल्मका लागी कलाकार पुर्ण हुने बताईएको छ ।

हालसम्म अनुबन्ध भएका कलाकारहरुले यहि फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । यो फिल्मलाई सशान कँडेलले निर्देशन गर्दैछन् । नेपाली टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको उत्कृष्ट १० मा पर्न सफल हाल अनुबन्ध भएका रिहान भुटानी नागरिक हुन् । उनले यो फिल्म ‘होस्टेल-३’मा मानव नाममा पात्रको भुमिका निर्वाह गर्नेछन् । यस्तै अनुबन्ध भएका अर्का कलाकार पदम तामाङ पनि भारतको सिक्किम निवासी हुन् । नेपालमा समेत उनले बनाएका कमेडी भिडियोहरु लोकप्रिय छन् भने उनी सिक्किमका चर्चित कमेडियन हुन् । सामाजिक संजालमा उनको लाखौं फ्यान फलोइङ कमाएका उनले यो फिल्ममा ‘जिते’ पात्रको भुमिका निर्वाह गर्नेछन् ।

यता होस्टेल ३ मा अनुबन्ध भएकी अर्कि नवअभिनेत्री सिम्रन पन्तले म्युजिक भिडियो तथा थुप्रै बिज्ञापनहरुमा काम गरिसकेकी छन् । उनले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण समेत लिएकी छन् । ‘स्टार मेकर’को रुपमा चिनिएको फिल्म ‘होस्टेल’को तेश्रो सिरिज ‘होस्टेल ३’ बाट पनि आगामी दिनका लागी स्टार कलाकार जन्माउने योजना यो फिल्म निर्माण युनिटको रहेको छ । यसअघि वि.सं. २०७० सालमा निर्माण भएको पहिलो शृङ्खला ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए भने वि.सं. २०७२ सालमा निर्माण भएको दोश्रो शृङ्खला ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । उनिहरु अहिलेका ब्यस्त र लोकप्रिय अभिनेता अभिनेत्रीमा गनिन्छन् ।

फिल्ममा देशभरबाट कलेज पढ्न काठमाडौं आएर होस्टेलमा बस्दा विभिन्न समुदायका विद्यार्थीहरूको जमघट हुने र त्यहाँको जीवन भोगाइको उतारचढावहरु फिल्ममा प्रस्तुत गरिनेछ । फिल्मलाई यहि वर्ष २०८१ सालको अन्त्यतिर सार्वजनिक प्रदर्शन गर्ने लक्ष्य निर्माण युनिटको रहेको छ । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्सको सहकार्यमा निर्माण गर्ने फिल्मको निर्माता शिशिर ज्ञवाली हुन् भने कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा, लाइन प्रोड्युसर कर्ण कार्की हुन् । ‘होस्टेल-३’को कथा फिल्मका निर्देशक कँडेलले नै लेखेका हुन् भने स्क्रिप्ट माधव शर्माले तयार गरेका हुन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘गाउँ आएको बाटो’को ‘राई माईला’ गीतको तारिफ

अर्काे पाेस्ट

जेठ महिनामा फरक-फरक ३ कार्यक्रमबाट कोशी प्रदेशका ६ चलचित्र पत्रकार सम्मानित

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana