इटहरी/ यतिबेला निर्माता तथा निर्देशक सन्तोष सेनको निर्देशनमा बन्ने फिल्म ‘बलिदान’ को इटहरी र बिराटनगरमा सेट डिजाईनको काम भैरहेको छ भने अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ यहीँ जेठ १० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
चलचित्रका यिनै २ हस्तीहरुको बिच अर्को एक प्रोजेक्टका लागी सहकार्य हुने निस्चित भएको छ । सेनले निर्माण तथा निर्देशन गर्ने पिरियड ड्रामा फिल्मका लागी केसी लगभग फाईनल भएको खबर सार्वजनिक भएको छ ।
केहि दिअघिको मिटिङमा अभिनेता केसी सन्तोषको उक्त प्रोजेक्टका लागी सकारात्मक रहेको बताईएको छ । तर, औपचारिक कागजी सम्झौता भने भएको छैन् । अनमोलले पनि यो प्रोजेक्टका लागी अर्को वर्षदेखी समय निकाल्नेछन् । यी दुबैलाई यसअघि देखी नै एकअर्का बिच सहकार्य गर्ने मन भएको बताईएको छ ।
Discussion about this post