इटहरी/ कोशी प्रदेशको सुनसरी अवस्थित इटहरीलाई नै कर्मथलो बनाउदै आफ्नो अभिनय करियरलाई अगाडि बढाईरहेका कलाकार दिनेश कोइरालाले ब्राण्ड भ्यालु बनाएका नेपाली फिल्म युनिटसंग काम गरिसकेका छन् । पछिल्लो समय फाट्टफुट्ट केही म्युजिक भिडियोमा देखिइरहेका कलाकार कोइरालाले साउथ फिल्ममा समेत काम गरेको खुलेको छ । केही समयअघि कोइराला हैदरावाद गएका थिए । प्राप्त जानकारी अनुसार उनले सो बेला एक साउथ फिल्मको लागी छायांकन गरेर फर्केका थिए ।
फिल्मको नाम त के हो भन्ने खुलेको छैन तर, छायांकन भने हैदराबादको रामोजी फिल्म सिटी भएको भनिएको छ । जानकारी अनुसार उनले उक्त साउथ फिल्मका लागी सात ओटा सिनका लागी सट दिएका छन् । उक्त सिनहरु महत्त्वपूर्ण रहेको बताईएको छ । यदि कुनै सिनमा कैँची नचले दिनेशको अभिनय यात्रामा एक अर्को उचाई थपिने पक्का छ । कोइरालालाई तेलेगु भाषामा दखल नभएपछि उनले हिन्दी भाषामै सट दिएका थिए । उनि यो फिल्मका लागी अडिसन मार्फत छनौट भएका थिए । नेपालका २ कलाकार मात्रै छनौट भएको भनिएको छ । एक कोइराला हुन् ।
यसबारेमा बिस्तृत केही समयमा खुल्ने बताईएको छ । दिनेशलाई अभिनयको मोह बचपन हुँदादेखीकै हो । सानै हुदा करिव ५३ सालतिर उनले ‘द कमाण्डो’ फिल्ममा अभिनय गर्दै बाल कलाकारबाट फिल्म क्षेत्रमा पाइला चालेका थिए । हालसम्म उनले ‘मिराज’, ‘झिल्के’, ‘म पर्खिरहन्छु’, ‘फेक फ्रेन्ड’, ‘राम साइली’, ‘अभियान’, ‘छक्का पन्जा-४’ र ‘पशुपती प्रसाद-२: भष्मेडन’ लगायत आधा दर्जनबढी फिल्ममा अभिनय गरिसकेका छन् । यसमध्ये केही फिल्म रिलिज भएभने केही रिलिजको पर्खाइमा छन् ।
हलसम्म रिलिज भएका फिल्महरुले उनलाई खासै सन्तुष्टि दिन सकेको छैन् । तर, पनि उनको निरन्तरता भने जारी छ, हार खाएका छैनन् । प्रतीक्षाको फल मिठो हुन्छ भने झै अब साउथ फिल्मको रिलिजपछि जति खवर प्राप्त भएको छ त्यही अनुसार हुने हो भने उनको हाईप उच्च रहने छ । काठमाडौमा पढाइको क्रममा रहदा कोइरालाले २०६२ सालमा र्याम्प वाल्क गर्दै मोडलिङ क्षेत्रमा प्रवेश गरेका थिए ।
यता म्युजिक भिडियो मोडलिङमा भने ६२ सालमै उनले अन्जु पन्तको ‘छाडी गयौ किन’ गीतको भिडियोबाट यात्रा सुरु गरेका थिए भने हालसम्म ३ दर्जन बढी म्युजिक भिडियो तथा २ दर्जन बिज्ञापनमा अभिनय गरिसकेका छन् । पढाइमा समेत अब्बल उनले सिएमए पढेर प्रथम भएका थिए । आर्मीको मेडिकल डिपार्टमा समेत जागिर खाएका उनलाई हिरो हुने रहर कहिले मरेन । कोइरालाले थुप्रै सर्ट मुभिहरुसंगै उमेर गयो बैँस गएन, इर्किनी मिर्किनी लगायत टेलिफिल्ममा समेत अभिनय गरेका छन् ।
Discussion about this post