Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्रदर्शनको पहिलो दिन ‘मनसरा’ टिम प्रमुख कलाकारसहित कोशी प्रदेशको कहाँ-कहाँ पुग्यो ?

सायदै हलमा फिल्म रिलिज भएको पहिलो दिन फिल्मका प्रमुख कलाकारसहित हल भिजिटमा कोशी प्रदेश आएको 'मनसरा' फिल्म युनिट हालसम्मकै पहिलो हो भन्दा फरक नपर्ला ।

✍ सुवास संकल्प
बैशाख २२, २०८१ मा प्रकाशित
प्रदर्शनको पहिलो दिन ‘मनसरा’ टिम प्रमुख कलाकारसहित कोशी प्रदेशको कहाँ-कहाँ पुग्यो ?

इटहरी/ सायदै हलमा फिल्म रिलिज भएको पहिलो दिन फिल्मका प्रमुख कलाकारसहित हल भिजिटमा कोशी प्रदेश आएको ‘मनसरा’ फिल्म युनिट हालसम्मकै पहिलो हो भन्दा फरक नपर्ला । शुक्रवारबाट हलमा प्रदर्शन भएको ‘मनसरा’को बिहिवार बिराटनगरमा प्रिमियर शो सम्पन्न गरिएको थियो भने त्यसभन्दा अघिल्लो दिन ललितपुरमा गरिएको थियो । तर, फिल्म युनिटले प्रचारप्रसार देखी दर्शक भेट्नसम्मका गतिविधिहरुमा पुर्वलाई पहिलो प्राथमिकता दिएको देखिन्छ ।

बिहीवार प्रिमियर गर्न बिराटनगर आइपुगेको युनिटले शुक्रवार इटहरी, धरान र विर्तामोडका मनसरा हेर्न पुगेका दर्शकलाई हलमै पुगेर भेटेका थिए । इटहरीको इलाईट सिनेमा हलमा शुक्रवार बिहान ११ बजे मनसरा युनिट प्रमुख कलाकार सहित पुगेको थियो । सो बेला ८० जनाको हाराहारीमा दर्शक हलमा मनसरा हेर्न पुगेका थिए । कलाकारहरूको हलमा आगमन भएसंगै दर्शकको गडगडाहट तालीसहित स्वागत गरिएको दृश्य हेर्न लायक थियो । दर्शकहरुको फिल्म हेर्न उत्साहजनक उपस्थिति देख्दा इलाईटमा उपस्थित ‘मनसरा’का प्रमुख कलाकार प्रवीण खतिवडा, मिरुना मगर र दयाहाङ राई दङ्ग देखिन्थे ।

उनिहरुले जारीमा जसरी आफुहरुलाई मनपराईदिनुभएको थियो त्यसरी नै मनसरामा पनि मनपराई दिनुहुन्छ र सल्लाहसुझाव दिनुहुनेछ भन्ने अपेक्षा राखेको बताए । त्यस्तै मनसरा हेरेर राम्रो लागे साथिभाईहरुलाई पनि फिल्म हेर्न सल्लाह दिनु र मन नपरे हामिलाई सुझाव दिन अभिनेता प्रवीणले अनुरोध समेत गरे । इलाईटमा शुक्रबारको अधिकांश शोहरु भरिभराउ थियो भने आजको अन्तिम शो अनलाइन बुकिङले नै हाउसफुल भएको इलाईट सिनेमा हलका संचालक नवराज केसीले जानकारी गराए ।

यता इटहरीको अर्को हल क्विएफएक्समा पनि फिल्म युनिट प्रमुख कलाकारसहित पुगेको थियो । दिनको १:३० बजे सो हलमा पुग्दा त्यहाँ पनि भरिभराउ दर्शक थिए । मनसरा हेर्न तम्तयार भएर बसेका दर्शकमाझ अचानक फिल्मका प्रमुख कलाकारहरू हलमा प्रवेश गर्दा दर्शकहरुले होहल्ला गर्दै गडगडाहट ताली बजाएर स्वागत गरेका थिए भने केही भने छक्क परिरहेका थिए । त्यहाँ पनि दर्शकलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गर्दै साथिभाईहरुलाई मनसराको बारेमा सुनाईदिन आग्रह गरे । त्यसपस्चात युनिट धरानमा अवस्थित फ्रेन्ड्स सिमेमाजमा पुग्यो । धरानमा हाल सन्चालित एकमात्र सिनेमा हल हो फ्रेन्ड्स सिनेमा ।

यसअघि दया र मिरुना अभिनित फिल्म ‘जारी’ले ५१ औं दिन मनाएको थियो । त्यसैले पनि टिम एउटै भएकोले धरानमा दर्शक भेट्न पुग्नै थियो । हलमा दया, मिरुना र प्रवीण लगायत युनिट प्रवेश गर्दा हल खचाखच थियो । हाउसफुल दर्शकले मनसरा युनिटलाई ताली बजाउदै स्वागत गरे । फ्रेन्डस सिनेमाजका निर्देशक सन्देश घिमिरेले मनसरा युनिटलाई मायाको चिनो समेत प्रदान गरेका थिए । त्यहाँ पनि दर्शकमाझ सबैले पालै पालो बोल्दै फिल्म हेरेर सल्लाह सुझाव सहित साथिभाईलाई पनि मनसरा हेर्न सल्लाह दिन अनुरोध गर्दै युनिट पुर्व लाग्यो । पुर्वको झापामा अवस्थित विर्तामोडमा रातिको शोमा पुगेका फिल्म युनिटले दर्शक भेटे । फिल्म हेरेर निस्किएका दर्शकले दया र मिरुनाको तारिफ संगै प्रवीणको अभिनय र उनले निर्वाह गरेको भुमिकाको खुलेर तारिफ गरे । उपस्थित दर्शकले जारीको हाराहारीमा कमाई गर्ने लख काटे । अब शनिबार दमकमा रहेको सिनेमा हलमा दर्शक भेट गर्दै युनिट काठमाडौ फर्किने छ । हल भिजिटमा कलाकार विजय बराल संगै फिल्मका कार्यकारी निर्माता सिजन दाहाल, कलाकार भुपेन्द्र तुम्बाहाम्फे लगायत उपस्थित थिए ।

अगाडिकाे पाेस्ट

काठमाडौ र विराटनगर प्रिमियरपछी कोशी प्रदेशको हल भिजिटमा ‘मनसरा’ युनिट

अर्काे पाेस्ट

साउथ फिल्ममा इटहरीका कलाकार दिनेश कोइराला

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana