Sunday, June 15, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रोहितको फिल्ममा अनमोल र जसिताको जोडि पक्का, यहिवर्ष ३ फिल्म छायांकन गर्ने

✍ सुवास संकल्प
जेष्ठ ७, २०८० मा प्रकाशित
रोहितको फिल्ममा अनमोल र जसिताको जोडि पक्का, यहिवर्ष ३ फिल्म छायांकन गर्ने


इटहरी/ नेपाली सिनेमा नगरीमा पछिल्लो समय फ्लप र औसत फिल्म दिएका २ लोकप्रिय अभिनेता अभिनेत्रीलाई एकसाथ पर्दामा देख्न पाईने भएको छ । त्यो नाम हो अनमोल केसि र जसिता गुरुङ । अनमोलको पछिल्लो फिल्म ‘छड्के २’ फ्लप फिल्ममा गनियो भयो भने जसिता अभिनित हाल प्रदर्शनरत ‘ज्याकी आइ एम २१’ ले पनि सोचेअनुरुप व्यापार गर्न सकिरहेको छैन । अनमोल र जसिताको लामो समयदेखी फिल्ममा जोडि बाधिने आधिकारिक चर्चा चलेपनि त्यो चर्चाले भने पुर्णता पाईरहेको थिएन ।

अब भने यी २ लाई ‘फर्की फर्की’ नामक फिल्ममा एकसाथ देखिने भएको हो । निर्माता रोहित अधिकारीको निर्माणमा बन्ने फिल्म ‘फर्की फर्की’ मा अनमोल र जसिता अनुबन्ध भएका हुन् । जुन कुराको आधिकारिक जानकारी निर्माता अधिकारीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गराएका छन् । यो फिल्म निर्माणमा रोहितलाई ओएसआर डिजिटलका ओम अग्रवाल र श्याम कँडेलले साथ दिनेछन् । फिल्म ‘सानो मन’ निर्देशन गरिसकेका सुयोग गुरुङले ‘फर्की फर्की’लाई निर्देशन गर्नेछन् । फिल्मका लागि अनमोल र जसिता बाहेक अन्य कलाकारहरु भने छनौट भैसकेका छैनन् ।

निर्माता अधिकारीले यो फिल्म संगै अन्य २ फिल्महरु पनि यसै वर्ष छायांकन गर्ने तयारी सहित घोषणा गरेका छन् । अनटाइटल एक फिल्ममा निर्देशक सुरेन्द्र पौडेल रहेका छन् भने लेखकमा खगेन्द्र लामिछाने रहेका छन् । यो फिल्मका लागि मुख्य कलाकारका रुपमा लेखक लामिछाने र दिव्या रायमाझी फाईनल भैसकेका छन् भने अन्य कलाकारहरू फाईनल हुन बाकी छ । यस्तै रोहितले घोषणा गरेको अर्को अनटाईटल फिल्ममा कलाकारहरु फाईनल भैसकेका छैनन् भने दिनेश राउतले निर्देशन गर्ने उक्त फिल्मको कथा विकास सुवेदीले तयार गर्नेछन् । यी ३ ओटै फिल्महरु रोहित अधिकारी फिल्मसको ब्यानरमा ओएसआर डिजिटल र हिमालयन टेलिभिजनले संयुक्त रुपमा निर्माण गर्नेछ भने मनोज कुमार ओलि र रामु न्यौपाने सह-निर्माताको रुपमा रहने रोहितले जानकारी गराए । रोहितले यसअघि ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता हिट फिल्महरु निर्माण गरिसकेका छन् ।

अगाडिकाे पाेस्ट

मलिका महत अभिनित फिल्म ‘सतिदेवी’को २७ दिनमा छायांकन सम्पन्न

अर्काे पाेस्ट

पहिलो सिजन नसकिदै ‘र्याप स्टार’ दोश्रो सिजन घोषणा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा
कलिउड न्युज

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८२ मा प्रकाशित
0

...

‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट
कलिउड न्युज

‘ऊनको स्वीटर’ को लहर, बक्स अफिस र संगीत दुवैमा उत्सव

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८२ मा प्रकाशित
0

...

‘महाभोज’ अब देशभर प्रदर्शनमा,प्रिमियरदेखि प्रदर्शनसम्म उत्साह

‘महाभोज’ अब देशभर प्रदर्शनमा,प्रिमियरदेखि प्रदर्शनसम्म उत्साह

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ किन र केका लागि बन्यो ?

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ किन र केका लागि बन्यो ?

जेष्ठ ३०, २०८२ मा प्रकाशित
‘अञ्जिला’ ले पार गर्‍यो ९१ दिन, क्युएफएक्स सिनेमाले सहुलियतमा देखाउने

‘अञ्जिला’ ले पार गर्‍यो ९१ दिन, क्युएफएक्स सिनेमाले सहुलियतमा देखाउने

जेष्ठ ३०, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’मा सुपुष्पा भट्ट अनुबन्धित

‘राम नाम सत्य’मा सुपुष्पा भट्ट अनुबन्धित

जेष्ठ २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

जेष्ठ ३२, २०८२ मा प्रकाशित
अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट

‘ऊनको स्वीटर’ को लहर, बक्स अफिस र संगीत दुवैमा उत्सव

जेष्ठ ३१, २०८२ मा प्रकाशित
पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

जेष्ठ ३१, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana