इटहरी / कमेडियन बिक्की अगरवाल श्रद्धा प्रसाईं नयाँ टेलिभिजन कमेडी शोको तयारीमा छन् । उनीहरुले ल्याउन लागेको शो ‘कमेडी दरबार’ मा कलाकारहरू अनुबन्ध गर्ने काम भइरहेको छ। यसैबीच शोमा अभिनेत्री गौरी मल्ल जोडिएकी छन्।
शोका निर्देशकहरू बिक्की अगरवाल र श्रद्धा प्रसाईंले अभिनेत्री मल्लसँग मंगलबार कागजी सम्झौता गरेका हुन्। कुन भूमिकामा अनुबन्धित गरियो भन्नेबारे भने खुलाइएको छैन। यसअघि अभिनेता विजय बरालसँगै कमेडियन हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल र विकास अर्याल शोमा अनुबन्धित भइसकेका छन्।
अन्य केही कलाकार पनि फाइनल हुने चरणमा छन्। सबै कलाकारको भूमिका केही समयपछि खुलाइने बिक्कीले बताए । श्रद्धाका अनुसार शोको यतिबेला सेट डिजाइनको काम भइरहेको छ।
‘कमेडी दरबार’ पारिवारिक कमेडी शो हुने र आइरहेका भन्दा फरक फर्माटमा ल्याइने बिक्कीले बताए। बिक्कीले यसअघि ‘आम्मा कसम याँ दुख्छ’ को होस्टसँगै ‘कमेडी क्लब विथ च्याम्पियन’ को निर्देशन पनि गरेका थिए।
Discussion about this post