इटहरी/ भ्वाइस अफ किड्स दोश्रो संस्करणको फाईनल यहि जेठ ५ गते काठमाडौमा हुँदैछ । फाइनलमा पुगेका प्रतिष्पर्धीहरु यतिबेला आफ्नो गृहनगरमा भोट अपिल गर्नमा ब्यस्त छन् । कोच प्रमोदबाट बाहिरिएपछी कोच सुशान्तले स्टिल गरेका परिश्ना बास्तोला पनि यतिबेला गृहनगर इटहरीमा भोट अपिलमा ब्यात छिन् । सुनसरीको इटहरीमा जन्मिएको भएपनी परिवार सहित उनको बसाइँ काठमाडौमै छ । हेर्नुस् परिश्नासंग भ्वाइस किड्सको बिषय केन्द्रित रहेर गरिएको विशेष कुराकानी ।
उनी सुशील केडिया विश्व भारती स्कुलमा अध्ययनरत छिन् । बहुमुखी प्रतिभाकी धनी उनको परिचय गायन मात्रै हैन बालकलाकार, मोडल तथा डान्सर पनि हुन् । सानो उमेरमै ठूलो सफलता र चर्चामा रहेकी उनले २०२२ मा आयोजना भएको ‘मिस लिटिल आइकन नेपाल’ को उपाधि समेत हात पारेकी थिइन् । यस्तै उनले पाँच वर्षको उमेरमा ‘लेट मि डान्स स्कूल च्याम्प’ मा समेत सहभागी भएकी थिइन् भने ‘किड्स क्यापिटल २०१८’ मा बेस्ट डान्स तथा पपुलर च्वाइस विधाको अवार्ड जित्न सफल भएकी थिइन् ।
यतिमा मात्रै उनको सफलताको चर्चा सकिदैन । परिश्नाले २०२१ मा आयोजना भएको पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्डमा ‘बेस्ट रनवे मोडल किड्स’ को उपाधी चुमेकी थिइन् । त्यसैगरी २०२० र २०२१ मा आयोजना भएको ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उनले २ वर्ष नै ‘बेस्ट किड्स मोडल मोर्डन पप’ बिधामा अवार्ड हात पारेकी छन् । परिश्नाले मोडल फोटोसुट गर्दै २०१४ देखि नै यो क्षेत्रमा पाईला टेकेकी हुन् । बालकलाकारको रुपमा म्युजिक भिडियो मोडलिङसंगै उनले लाइफ ब्वाइ साबुनको टिभिसी बिज्ञापनमा समेत अभिनय गरेकी छन् ।
Discussion about this post