इटहरी/ एक समयमा चर्चित नेपाली अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छन् । उनले सुरेन्द्र पौडेलले निर्देशन गर्ने फिल्म ‘वरिष्ठ बलराम’बाट डेब्यू गर्दैछिन् । यो फिल्मलाई रोहित अधिकारीले बनाउँदैछन् । फिल्ममा दिव्याले अभिनेता खगेन्द्र लामिछानेसँग अभिनय गर्ने बताईएको छ । यसको पटकथाकार समेत खगेन्द्र नै हुन् । चलेको हल्ला अनुसार १० लाख रुपैयाँ पारिश्रमिक दिनेगरी यो फिल्ममा अभिनय गराईँदैछ ।
दिलिपको परिवार संयुक्त राज्य अमेरिकामा बसोबास गर्न थालेको लामो समय भईसकेको छ । दीलिपले विभिन्न रियालिटी शोहरुमा निर्णायक तथा म्यूजिक भिडियोहरुमा अभिनय गरी आफु बेला बेला नेपालमा आईरहेको जनाउ दिईरहन्छन् । अब भने रायमाझी परिवारबाट दोश्रो पुस्ताले नेपाली चलचित्रमा प्रवेश गर्ने भएको छ । दिब्याले अमेरिकामा ‘इन्फो टिच प्रोजेक्ट म्यानेजमेन्ट’मा मास्टर्स पूरा गरेकी छन् भने आइटी क्षेत्रमा काम गरिरहेकी छिन् ।
Discussion about this post