Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अभिनेता सुदर्शन गौतमले १० वर्षपछि खुलाए सगरमाथा आरोहण गर्दाको घटना

✍ परिकला न्यूज
जेष्ठ १, २०८० मा प्रकाशित
अभिनेता सुदर्शन गौतमले १० वर्षपछि खुलाए सगरमाथा आरोहण गर्दाको घटना

इटहरी/ असाधारण क्षमताका सुदर्शन गौतमको परिचयको दायरा फराकिलो छ । उनी फिल्मका नायक हुन् । मोटिभेसनल स्पिकर हुन् । सगरमाथा आरोही हुन् । एक दुर्घटनामा दुवै हात गुमाएपछि आफूबाट संसार चुँडिएको महसुस गरेका उनले जब आफूभित्रको शक्तिलाई चिने, त्यसपछि उनले चुनौतीसँग पौंठेजोरी खेल्दै आएका छन् । र, हरेक चुनौतीलाई उनले परास्थ गरेका छन् । उनले जीवनमा उठाएको सबैभन्दा ठूलो चुनौती नै संसारकै अग्लो शिखर सगरमाथा चढ्ने संकल्प लिनु थियो ।

उनले सन् २०१३ मा सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा चढेको करिब १० वर्षपछि उनले आरोहणको क्रममा भोगेका भोगाइ सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । सगरमाथा आरोहणको क्रममा आफ्नो प्राणदाता बनेका सगरमाथा आरोही तथा उद्दारकर्मी शिव बहादुर सापकोटालाई नेपाल सरकारले ‘जनसेवाश्री पन्चम’ श्रेणी पदकबाट सुशोभित गरेको अवसरमा उनले शिवले आफूलाई बचाउन खेलेको भूमिका स्मरण गरेका हुन् ।

सुदर्शनको टिमका लिडर पेम्बा दोर्जे शेर्पा थिए । र, शिव त्यस टिमको सदस्य । यदि उनी त्यस टिममा हुन्थेनन् भने आफ्नो सगरमाथा आरोहणको सपना नै पूरा नहुने सुदर्शनले फेसबुकमा उल्लेख गरेका छन् । पेम्बा दोर्जे शेर्पाले बंगाली सगरमाथा आरोहीलाई हात-खुट्टा बाँधेर ‘डेथ जोन’भन्दा तल छोडेर हिँडेको र शिवले त्यस्तो नगर्न आग्रह गर्दा ‘चुप लागेर आफ्नो बाटो लाग् नत्र तेरो पनि हात खुट्टा बाँधेर छोड्छु’ भन्ने धम्की दिएपछि शिव र आफू क्याम्प ४ तिर हिँडेको सुदर्शन स्मरण गर्छन् ।

दोस्रो दिन अभिनेत्री निशा अधिकारीको आरोहण टिमले पनि बंगाली आरोहीले सहयोग मागेको भन्ने कुरा सुन्नमा आएको सुदर्शनले बताएका छन् । उक्त बंगाली आरोहीलाई नियोजित तरिकाले छोडेर पेम्बा र उसको टिम हिँडेको र आफूहरुले क्याम्प ४ सम्म जान कोलोम्बियाका आरोही समुहसँग सहयोग मागेको उनले स्मरण गरेका छन् । तर, कोलोम्बियाको समुह नै समस्यामा रहेकाले आफूलाई शिव एक्लैले बचाएर क्याम्प ४ सम्म पुर्‍याएको उनी सम्झन्छन् ।

‘मेरो ‘रेस्क्यू’ नै असाधारण थियो । सगरमाथा आरोहण गर्दा मान्छे मर्नु साधारण कुरा मानिन्छ तथा त्यस्तो प्रभाव बनाइएको छ । तर, ‘डेथ बडी रेस्क्यू’ गर्दा इन्स्योरेन्सबाट टिमलाई ४ गुनाभन्दा बढी पैसा पाउने हुँदा केही कालो धन्दामा संलग्न लिडरले आरोहीहरुलाई मार्नसम्म पछि नपर्ने कुरा अरु आरोही तथा किताबहरु पढेर थाहा पाएँ । नेपाल सरकार तथा पर्यटन मन्त्रालयले उक्त विषयमा ध्यान दिन जरुरी छ,’ उनले लेखेका छन् ।

आफू र शिवको ज्यान पनि खतरामा रहेको बुझेपछि शिवकै सुझावमा आफू क्याम्प ३ को अलिमाथि (संसारकै प्रथम हेलिकप्टर रेस्क्यू)बाट काठमाडौं आएको सुदर्शनले स्मरण गरेका छन् । त्यसबेला उनलाई शिवले भनेका थिए, ‘सुदर्शन म जसरी पनि बाँचेर आउँछु । मरे पनि मर्छु तर तिमी बच्नुपर्छ । भोलि हेलिकप्टर आउँछ चुप लगेर तिमी जानु ल ।’ सुदर्शन आज आफू ज्यूँदो हुनुको कारण नै शिवलाई मान्छन् । बैशाख १ गते उनलाई नेपाल सरकारले विभुषित गरेकोमा सुदर्शन खुसी छन् ।

अगाडिकाे पाेस्ट

अभिनेता पल शाह जेल परेको भिडियो २ दिनमा १२ लाख भन्दा बढी पटक हेरियो

अर्काे पाेस्ट

‘भ्वाइस किड्स’को फाइनल प्रतिष्पर्धामा रिजन डाँगी, जित्ने सम्भावना कति ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana