Saturday, March 28, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फागुन २९ देखि इटहरीमा प्रथम ऐतिहासिक ‘प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’ हुने

✍ सुवास संकल्प
फाल्गुन २५, २०८० मा प्रकाशित
फागुन २९ देखि इटहरीमा प्रथम ऐतिहासिक ‘प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’ हुने

इटहरी/ कोशी प्रदेशमा प्रथम ऐतिहासिक ‘प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’ आयोजना हुने भएको छ । इटहरी उपमहानगरपालिकाको वडा न. ४ स्थित कृति, प्रकृति र संस्कृतिको केन्द्र बन्दै गएको रमणीय इटहरी मेट्रिक्समा हुने कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौंको आयोजना रहनेछ । आयोजना स्थल मेट्रिक्समै शुक्रवार पत्रकार भेटघाटको कार्यक्रम गर्दै फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म ओेैपचारिक रुपमा यो प्रदर्शनी आयोजना हुने बताईयो ।

यस्तै कला प्रदर्शनी अवलोकन नसकिएमा चैत्र ९ गतेसम्म लम्ब्याउन सकिने प्रदर्शनीका सह-संयोजक तथा वरिष्ठ चित्रकार, मुर्तिकार विक्रम श्रीले पत्रकार भेटघाटमा बताए । कोशी प्रदेशलगायत सातै प्रदेशमा हुने कार्यक्रममा इटहरी उपमहानगरपालिकाले सहकार्य गरेको छ भने इटहरी मेट्रिक्सको स्थानिय ब्यवस्थापन रहने छ । प्रतिष्ठानले पहिलो पटक कोशी प्रदेशलगायत सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी-२०८० को आयोजना गर्ने आट गरेको छ । जसले कम्तीमा कलाको क्षेत्रमा भए पनि पुरानो केन्द्रीकृत राज्यको राजधानीवादलाई तोडेर मोफसललाई समेटेको अनुभूति दिने सह-संयोजक श्रीको ठम्याई छ ।

प्रदर्शनीमा ललितकला अन्तर्गत चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विधासम्बन्धित कलाकृतिहरुलाई प्रदर्शन गरिनेछ । प्रतिष्ठानले चिन्हित गरेका ललितकलाका बिधाहरुअन्तर्गत चित्रकला, मुर्तिकला, लोककला, हस्तकलाका अलावा वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गिमा कला, कार्टून, क्यारिकेचर, पोष्टर र डिजिटल कलासमेत प्रदर्शनीमा समावेश गरिने छन् । प्रतिष्ठानले टाटुलाई पनि कलाको मान्यता दिने बताएको छ ।

प्रदर्शनीमा समावेश वा सहभागी गरिएका कलाकृतिहरुमध्येबाट प्रतिष्ठानबाट प्रदत्त नियम, आकार र मापदण्डका आधारमा निश्चित कलाकृ‌तिहरुलाई विज्ञहरुको टोलीबाट छनौट गरी प्रतियोगितासमेत गराइने बताईएको छ । सातै प्रदेशहरुमा आयोजित प्रादेशिक ललितकला प्रदर्शनीबाट बिजयी प्रतियोगी कलाकृतिहरुलाई सिफारिस सहित राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गरिने छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश कलाकृतिहरुलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार’, ‘ललितकला विधागत पुरस्कार’ र ‘उत्कृष्ट विद्यार्थी ललितकला पुरस्कार’ प्रदान गरिने छ ।

ललितकला प्रदर्शनीमा हालसम्म १ सय ४७ जनाले सहाभागिता फारम भरिसकेका छन् । जसमा ५८ जना चित्रकारका १२१ चित्रकला, ३६ जना मूर्तिकारका ४१ मूर्तिकला, २५ ओटा लोककला, १५ वटा वास्तुकला, १२ ओटा फोटोग्राफी छविचित्र, २ ओटा भिडियो आर्ट, २ ओटा पर्फमिङ आर्ट र ५ ओटा प्रतिस्थापन कला रहेका छन् । हाल प्रदर्शनीका लागि स्थानीय व्यवस्थापनको जिम्मेवारी पाएको इटहरी मेट्रिक्सले आफ्‌नै पहलमा आयोजना स्थलको सौन्दयीकरण गर्ने र कलाकृतिहरुको डिस्प्ले गर्ने तयारी जोडतोडका साथ गरिरहेको छ भने आयोजनासम्बन्धी अन्य व्यवस्थापनका लागि इटहरी उपमहानगरपालिका र ललितकला प्रतिष्ठानले आर्थिक संयोजन गर्ने कार्य गरिरहेको छ । यसमा इटहरी उपमहानगरपालिकाले ललितकला प्रदर्शनीको लागि चासो र अग्रसरता लिएकोमा साँच्चै तारिफयोग्य रहेको सह-संयोजक श्री बताउछन् ।

प्रादेशिक ललितकला प्रदर्शनी-२०८० मा आएको सहभागी कलाकृक्तिहरु र कलाकारहरुको उत्साहजनक सहभागीता रहेको छ । अन्य प्रदेशमा भएको प्रदर्शनीमा भन्दा यो सहभागीता हलसम्मकै धेरै रहेको आयोजक संस्थाको ठम्याई छ । यस ऐतिहासिक ललितकला प्रदर्शनीले कोशी प्रदेशलाई देशको कलाक्षेत्रमा उर्वरभूमिको रुपमा उभ्याउने विश्वास लिईएको र प्रतिष्ठानको एक सर्वेअनुसार बागमती प्रदेशपछि कोशी प्रदेश नै ललितकलाको लागि अग्रणी प्रदेश रहेको कोशी प्रदेश समन्वयन समितिका संयोजक तथा समसामयिक चित्रकला विभाग प्रमुख प्राज्ञ संजय बान्तावाले बताए ।

अगाडिकाे पाेस्ट

मलिका महत अभिनित फिल्म ‘सतीदेवी’को विशेष शो हेरेपछि रुँदै निस्किए दर्शक

अर्काे पाेस्ट

फिल्म ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी
इभेन्ट

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

✍ परिकला न्यूज
फाल्गुन १०, २०८२ मा प्रकाशित
0

...

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

फाल्गुन ८, २०८२ मा प्रकाशित
जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

फाल्गुन २, २०८२ मा प्रकाशित
भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

माघ ३०, २०८२ मा प्रकाशित
सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

माघ २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana