Saturday, March 28, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मलिका महत अभिनित फिल्म ‘सतीदेवी’को विशेष शो हेरेपछि रुँदै निस्किए दर्शक

✍ परिकला न्यूज
फाल्गुन २५, २०८० मा प्रकाशित
मलिका महत अभिनित फिल्म ‘सतीदेवी’को विशेष शो हेरेपछि रुँदै निस्किए दर्शक

इटहरी/ मध्येनपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित, निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको क्युएफएक्स सिनेमामा बिशेष प्रदर्शनी गरिएको थियो । सो कार्यक्रमका प्रमुख अथिति मेयर पाण्डेले मौलिक कथामा निर्माण गरिएको तथा सार्वजनीक प्रदर्शन अगावै देश–बिदेशमा चर्चामा रहेको चलचित्र ‘सतीदेवी’ लाई सबैले साथ दिनुपर्ने धारणा राखे । ‘हाम्रो मध्यनेपाल नगरपालीकाका बिभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रले निकै तारिफ पाइरहेको छ । देशको मौलिक कला,संस्कृति तथा कथालाई चलचित्रको माध्यमबाट बिश्वसामु पुर्याउनु निकै सह्रानीय कार्य हो । आफ्नो माटोको सुगन्धलाई उजागर गर्ने ‘सतीदेवी’ टिमलाई हामी सबैले साथ,सहयोग र प्रेरणा दिनुपर्छ,’ मेयर पाण्डेले भने,‘स्थानीयता, नेपालीपना,वास्तवीकमा मौलिक बिषयबस्तुलाई उठान गर्ने जोकोहीलाई पनि सरकार र सम्बन्धीत निकायले भरपुर सहयोग गर्नुपर्छ । यस चलचित्रलाई मध्यनेपाल नगरपालिका र मेरो ब्यक्तिगत तबरले समेत यथासक्य धेरै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।’ उनले ‘सतीदेवी’ ले उठाएको नारीपक्षको मुद्दा निकै गहन र मननीय रहेको बताउदै आफूलाई चलचित्र निकै मन परेको प्रतिक्रिया ब्यक्त गरे ।

कार्यक्रममा ‘सतीदेवी’ को तर्फबाट निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,स्थानीय श्री सृजनशील एकता मगर समाज,लाफा गाउँ होमस्टे,कलाकार इभन श्रेष्ठ,क्युएफएक्स दमौलीलगायतलाई आभार पत्र प्रदान गरेका थिए । अधिकांश दृश्य मध्यनेपाल नगरपालीकाका वडा नं ५ लगायत बिभिन्न स्थानमा खिचिएको र छायांकन तथा प्रबद्र्धनमा आफूहरुलाई निकै सहयोग मिलेकाले धन्यबाद स्वरुप शो आयोजना गरिएको निर्देशक सुवेदीले बताए । बिशेष प्रदर्शनी समारोहमा मध्यनेपाल नगरपालीका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,वडा नं ३ का अध्यक्ष केशब न्यौपाने,वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ,वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नं ९ का अध्यक्ष महेशकुमार पाण्डेलगायत जनप्रतिनिधि तथा वडा नं ५ स्थिति लाफा गाउँ होमस्टे,श्री सृजनाशील एकता मगर समाजका प्रतिनिधिहरुका साथमा स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।

चलचित्र हेरेपछि सतप्रतिशत दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । वडा नं ५ का अध्यक्ष गुरुङले ‘सतीदेवी’ आफूलाई अत्यन्तै राम्रो लागेको बताउँदै यसप्रकारका मौलिक,वास्तवीक स्थिति छर्लङ्ग पार्ने बिषयका चलचित्र अझै धेरै बन्नुपर्ने धारणा राखे । खैरिनीटारका स्थानीय मिनबहादुरले ‘सतीदेवी’ अहिलेसम्म निर्माण भएका नेपाली चलचित्र मध्य सबैभन्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिए भने दमौलीका एक दर्शकले छोरा छोरीबीच हुने गरेको बिभेदको अन्त्य गर्न यो चलचित्रले ठूलो भूमिका खेल्ने दावी गर्दै यो चलचित्र सारा बिश्वले हेर्नुपर्ने धारणा राखे । एक युवती दर्शकले ‘सतीदेवी’ हेर्दा आफू २०–२२ ठाउँमा भक्कानीएर रोएको बताउदै अबका दिनमा म छोरी मान्छे हुँ भनेर कम्जोर मानसिकता नराख्ने र आफ्नो परिवारका लागि जस्तोसुकै संघर्ष गर्न पनि पछि नहट्ने प्रतिबद्धता ब्यक्त गरिन् । बच्चादेखि बृद्धसम्म उपस्थित भएको शोमा चलचित्र हेरेका अधिकांश दर्शक आँशु पुछ्दै हलबाट बाहिरिएका थिए । कतिपयले चलचित्रमा आफ्नो परिवारकै कथा ठ्याक्कै मिलेको बताउँदै यत्तिको यथार्थपरक चलचित्र पहिला कहिल्यै हेर्न नपाएको प्रतिक्रिया दिएका थिए ।

गत माघ तेश्रो साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वाेत्कृष्ट चलचित्र र शिब रेग्मी सर्वाेत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ को चर्चाप्रति केही दिन अघि सूचना तथा संचारमन्त्री रेखा शर्माले चासो देखाएकी थिइन् । निर्देशक सुवेदी संचार मन्त्रालय पुगी मन्त्री शर्मालाई आफ्नो चलचित्रबारे बिस्तृत जानकारी प्रस्तुत गरेका थिए । मन्त्री शर्माले ‘सतीदेवी’ लाई सरकारी तवरबाट समेत सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी थिइन् । दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्र पछिल्लो समय निकै चर्चामा छ । दिलासा,सारा र श्रीदेवी सुवेदी निर्माता रहेको चलचित्रमा मलिका महत,हर्षिका वली,मञ्जिला बानियाँ,कुलबहादुर अधिकारी,रमेश बुढाथोकी,सृजना अधिकारी,सन्दिपबाबु लोहनी,सुजीता शिवाकोटी,भोला सापकोटा,मनिषा सापकोटा,सन्देश लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको स्वदेश प्रदर्शन मिति केही समयमै तोकिने जानकारी निर्देशक सुवेदीले दिएका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘रङ्गेली’को प्रिमियरमा सहभागी हुन रुकुमदेखी सुटिङ छोडेर आए दया र मिरुना

अर्काे पाेस्ट

फागुन २९ देखि इटहरीमा प्रथम ऐतिहासिक ‘प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’ हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana