Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘अगस्त्य च्याप्टर १’ हेर्ने दर्शकले खोजे गणेश, च्याप्टर २ सन् २०२६ मा रिलिज गर्ने घोषणा

✍ परिकला न्यूज
फाल्गुन २३, २०८० मा प्रकाशित
‘अगस्त्य च्याप्टर १’ हेर्ने दर्शकले खोजे गणेश, च्याप्टर २ सन् २०२६ मा रिलिज गर्ने घोषणा

इटहरी/ गएको शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाएको छ । नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘अगस्त्य च्याप्टर १’ले राहत दिलाउन थालेको छ । प्रदर्शनमा आएसँगै यस फिल्मले नेपाली वक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गराउन सफल भएको ‘अगस्त्य’ले दर्शकलाई समेत चासोसँगै थप कौतुहलता बढाइदिएको छ ।

सुरुवातमा देशभरका १ सय ११ हलमा रिलिजमा आएको फिल्मको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत अकुपेन्सी देखिएको थियो । यस्तै, रिलिजको दोस्रो दिन देशभरका हलमा करिब ८५ प्रतिशत अकुपेन्सी लिन सफल भएको थियो । सोही अनुसार यो फिल्मले शुक्रबार, शनिबार र आइतबार डेढ करोड ग्रस हाराहारीमा कमाइ गरेको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा पनि राम्रो व्यापार गरेको गर्न थालेको छ । सोमबारबाट देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं र मोफसलका स्टेशनसहित बिग मुभिज्, वान् सिनेमाज्, सिडिसी सिनेमाज्, पोखराको मिडटाउन सिनेमाज्, धरानको फ्रेन्ड्स सिनेमाजमा पनि दर्शकको उपस्थिति सुखद् थियो ।

आम दर्शक, फिल्मकर्मी र प्रदर्शकले समेत आशा गरेको यो फिल्मले धेरै राम्रो व्यापार गर्नुका साथै सोमबार यता हलहरुले उल्यख्य शो उपलब्ध गराउदै आइरहेका छन् । ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले बाँकी दिनमा ‘अगस्त्य च्याप्टर १’ले सुखद कमाइ जारी राख्ने देख्न सकिन्छ । २ घण्टा ५० मिनेट लामो रहेको यो फिल्म हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् । फिल्म हेर्न पुगेका दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् ।

दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रिया र व्यापार राम्रो भएपछि निर्माण पक्ष ‘च्याप्टर २’का लागि उत्साहित भएको छ ।
दर्शकहरुलाई यो फिल्मकालागि सौगात मल्ल, नाजिर हुसेन र खलपात्र प्रमोद अग्रहरिको कामले प्रभावित बनाएको देख्न सकिन्छ । सौगात र नाजिरको एक्सन अवतारको गजब भन्दै तारिफ गरिरहेका छन् । ‘त्रिपाठी’ नामक खलपात्रको रोलमा प्रमोद अग्रहरिको रोल दमदार देखिन्छ । यो सँगै सौगातको मानसिक सन्तुलन गुमेको चरित्रमाबाट दर्शकहरू आनन्दित भएको बत्ताउँछन् । यस्तै, दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनाइदिएको पाइन्छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ । निर्माणपक्षले ‘अगस्त्य च्याप्टर २’लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।

अगाडिकाे पाेस्ट

प्रहरीका जवानदेखि अधिकारीसम्मले एकसाथ हेरे फिल्म ‘अगस्त्य’

अर्काे पाेस्ट

‘बहुरुपी औरत’ भन्दै पुजा शर्मा लक्षित समीक्षा अधिकारीको स्ट्याटस

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana