इटहरी/ हाल देशभर प्रदर्शन फिल्म ‘अगस्त्य’लाई नेपाली प्रहरीका जवानदेखि अधिकारीसम्मले हेरेका छन् । सोमबार बेलुका यो फिल्म हेर्न तीन प्रहरी एसएसपीसहित डेढ सयभन्दा बढी प्रहरी बिग मुभिजमा पुगेर फिल्म हेरेका थिए । मानव बेचबिखन रोकथाममा प्रहरीको भूमिकाबारे बनेको यो फिल्म प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनाली, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीसहित डीएसपी, इन्सपेक्टर, प्रहरी जवानसहित काठमाडौं प्रहरीको प्रत्येक वृत्तबाट दुई-तीनजना प्रतिनिधि पनि फिल्म हेर्न हलमा पुगेका थिए ।
सौरभ चौधरी निर्देशित यो फिल्म हेरिसकेपछि यथार्थ कथामा बनेको भन्दै प्रहरीले ‘अगस्त्य’को प्रशंसा गरेका थिए । प्रहरीबारेको कथावस्तु पनि भएको र रिफ्रेसमेन्ट पनि हुने भएकाले फिल्म देखाइएको निर्माताले जनाएका छन् । सौरभ चौधरी निर्देशित यो फिल्म हेरिसकेपछि यथार्थ कथामा बनेको भन्दै प्रहरीले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
उक्त शो प्रदर्शनका बेला निर्माता, निर्देशकदेखि फिल्मका कलाकारहरु नाजिर हुसेन र सौगात मल्लको पनि उपस्थिति थियो । क्रिउ एण्ड कास्टले उक्त अवसरमा फिल्म छायांकनको अनुभव सुनाएका थिए । यो फिल्मले शुक्रबार, शनिबार र आइतबार डेढ करोड ग्रस हाराहारीमा कमाइ गरेको वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन)का प्रबन्ध निर्देशक अशोक शर्माले जानकारी गराएका छन् ।
Discussion about this post