इटहरी/ दर्जनौं कालजयी गीतहरु गाएका वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । उनी अहिलेका लोकप्रिय गायक दाजुभाई सत्यराज आचार्य र स्वरुपराज आचार्यका बुवा हुन् । भक्तराजको आज सोमबार अपरान्ह ४:३० बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।
उनको त्यही उपचारको क्रममा निधन भएको हो । उमेरले ८२ वर्ष पुगेका भक्तराज लामो समयदेखि बिरामी थिए ।
धनकुटा घर भएका उनले ४०० बढी गीतहरुमा स्वर दिएका छन् भने उनले गाएका धेरै गीतहरु अहिले पनि युवापुस्ता माझ लोकप्रिय छन् । आचार्यको ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’ लगायतका गीतहरु अहिले पनि हिट छ । नेपाली संगीत उधोगमा अलग्गै पहिचान बनाएका उनी स्वरसम्राट नारायण गोपालका समकालीन गायक हुन् ।
Discussion about this post