Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अभिनेता दयाहाङ राई ‘रङ्गेली’मा आफुले गरेको पात्रको विपरीत पक्षमा किन ?

✍ परिकला न्यूज
फाल्गुन १५, २०८० मा प्रकाशित
अभिनेता दयाहाङ राई ‘रङ्गेली’मा आफुले गरेको पात्रको विपरीत पक्षमा किन ?

इटहरी/ अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र ‘छड्के’ पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टार’ चरित्रमा देखिँदै छन् । दयाहाङको बुझाइमा ‘छड्के’ र ‘रङ्गेली’को ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही फरक छ । दयाहाङ ‘रङ्गेली’मा ‘विजय’ पात्रको भूमिकामा छन् ।

“मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रे’ चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । ‘रङ्गेली’को चरित्रलाई पनि ‘ग्रे’ चरित्र मान्न सकिन्छ, तर आम मानिसको आम सोचाइबाट हेर्दा यसमा ‘डार्क’ चरित्र नै देखिन्छ । चलचित्रमा विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ,” दयाहाङ भन्छन् ।

दयाहाङ ‘रङ्गेली’लाई सूक्ष्म तरिकाले हेरिरहँदा भोलिका दिनमा हरेक मान्छेसँग कुराकानी गर्दा ‘विजय’जस्तो मान्छे बाहिर निस्किन्छ कि भन्नेमा ढुक्क छन् । “विजय जस्तो मान्छे निस्कियो भने हामीलाई नै घात हुन्छ कि भन्ने अनुभूति गराउँछ जस्तो लाग्छ । अरू चलचित्रमा मेरो चरित्रले समाजका एकदमै सामान्य मान्छेहरूको जीवनलाई उठान गरेको छ । रङ्गेली मा पनि सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ,” दयाहाङले भने ।

दयाहाङका अनुसार ‘रङ्गेली’मा दर्शकले उनको चरित्रको यात्रालाई बाल्यकालदेखि आजको दिनसम्म अर्थात् चलचित्रको कथा सकिन्जेलसम्म हेर्न पाउँछन् । “मेरो चरित्र हेरिरहँदा दर्शकले हाम्रो समाजमा देखिरहेका पात्रहरू अथवा यही जीवन बाँचिरहेका, जसले आफूलाई सहज गर्न सकेका छैनन् जस्तालाई चित्रण गर्नेछन् । जस्तो कि मेरो चरित्रलाई सामान्य भएर बाँच्न सहज छैन । किन छैन भन्ने चलचित्र हेरेर थाहा पाउनुहुनेछ । ऊ आफूलाई नै कहीँ कतै खोजिरहेको छ । आफू स्थापित हुन अथवा सहज जीवन बाँच्न कोसिस गरिरहेको हुन्छ,” दयाहाङ आफ्नो चरित्रबारे भन्छन् ।

दयाहाङको बुझाइमा ‘विजय’ चरित्र भित्र कहीँ न कहीँ बिसाउने ठाउँ पायो भने उसले सारा चिज बिसाउने इच्छा हुन्छ । ‘मेरो लागि यो चाखलाग्दो यात्रा थियो । किनभने विजयका लागि एउटा चुनौतीमा गएर उसको जीवनको यात्रा सकिएको छ ।’ दयाहाङ भन्छन् ।

दयाहाङका लागि ‘रङ्गेली’ को विजय चरित्र आफैँमा चाख लाग्दो चरित्र पनि रहेछ । “विजयले पाउने साथीहरूको साथ, आफूभन्दा अग्रजहरूले दिएको माया, प्रेमिकाले दिएको साथ चाख लाग्दो कुरा हो । तर त्यति हुँदाहुँदै पनि वरपरकाले उसका कमजोरीलाई हतियार बनाइरहेका हुन्छन् । जसले हतियार बनाउन खोज्छ, उसको लागि त्यो कसरी फर्केर आउँछ भन्ने कुरा चाहिँ मलाई अर्को सबैभन्दा चाखलाग्दो लाग्यो । कसैलाई पनि हीन भावले हेर्नु हुँदैन भन्ने सन्देश पनि चाखलाग्दो छ । त्यो चरित्र निभाइरहँदा पनि आफूलाई महसुस गरिरहेको थिएँ”, उनी भन्छन् ।

दयाहाङ विजयको चरित्र भित्र इमानदारिता देख्छन् । “ऊ आफ्नो जीवनमा इमानदार साथ भएर हिँड्ने प्रयास पनि गरिरहेको हुन्छ । जब पावर र पैसाको कुरा आउँछ अर्थात् उसलाई पनि जीवनको अलिकति माथि पुग्न मन लाग्छ । किनकि त्यो मान्छेको स्वभाव नै हो । त्यो खोज्दा चाहिँ उसको आफ्नो जीवन कठिन बन्छ । त्यो बेला उसलाई वरपरकाले प्रयोग गरिरहेकै हुन्छन् । विजयको मनोविज्ञान भित्रको चापको यात्रा यसमा हेर्न पाइन्छ”, उनी भन्छन् ।

दयाहाङको बुझाइमा कोही मान्छे पनि समाजमा खल पात्र हुँदैनन् । उनीहरू समाजभित्र फरक भएकैले पनि ती पात्रलाई समाजले ‘इग्नोर’ गर्ने गरेको उनको बुझाई छ । “हरेक मान्छेमा फरक पाटो हुन्छ । म यसरी यो बाटो पुग्छु भनेर जो मान्छे यात्रा गरिरहेको हुन्छ । समाज अगाडी दौडिरहँदा कहिँकतै त्यस्ता मान्छे छुट्नु हुन्नँ भन्ने ख्याल राख्नुपर्छ । उसको आवश्यकता सुन्नुपर्छ । उसको पनि समस्या समाधान गर्नेतिर समाज लाग्नुपर्छ”, दयाहाङ भन्छन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अगाडिकाे पाेस्ट

वरिष्ठ गायक तथा भजन शिरोमणि भक्तराज आचार्यको निधन

अर्काे पाेस्ट

‘तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागी दर्ता खुल्ला

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana