इटहरी/ यो शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘गोर्खा वारियर’ लाई नेपाल चलचित्र विकास बोर्डले शुभकामना दिएको छ । बोर्डका अध्यक्ष भुवन केसीको हस्ताक्षर सहित जारी भएको शुभकामना सन्देशमा ‘नेपालमा मात्र सिमित नभई नेपालको इतिहास, कला, धर्म संस्कृतिको देश विदेशमा बसोवास गर्ने नेपाली जनसमूदायमा समेत प्रवर्द्धन तथा पहिचान गराउन सकारात्मक भूमिका खेल्ने देखिन्छ’ भनिएको छ ।
गोर्खा वारियर प्रदर्शन हुन लागेको जानकारी पाँउदा खुशी लागेको उल्लेख गरिएको छ । यस्तो लेखिएको छ बोर्डबाट जारी गरिएको शुभकामनामा ‘लण्डन सिने आई प्रोडक्शन तथा चाम्स ईन्टरटेन्मेट प्रा. लि. द्धारा निर्मित नेपाली कथानक चलचित्र “गोर्खा वारियर” नेपालीहरुलाई एउटा छुट्टै पहिचान दिलाउने र देश देखि विदेशसम्म एउटा उचाई कायम राख्न सफल एउटा गोर्खालीको कथामा आधारित चलचित्र रहेको र यस चलचित्रले नेपालमा मात्र सिमित नभई नेपालको इतिहास, कला, धर्म संस्कृतिको देश विदेशमा बसोवास गर्ने नेपाली जनसमूदायमा समेत प्रवर्द्धन तथा पहिचान गराउन सकारात्मक भूमिका खेल्ने देखिन्छ । अन्तमा यस चलचित्रको प्रदर्शन आजबाट देशभरका हलहरुमा प्रदर्शन हुन लागेको जानकारी पाउँदा मलाई खुशी लागेको छ । उक्त चलचित्रको चलचित्र विकास बोर्ड पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछ ।
( भुवन के.सी.)
अध्यक्ष
बेलायत, धरान, पोखरा र काठमाडौमा भब्य रेड कार्पेट प्रिमियर शो आयोजना गर्दै हिजो शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको ‘गोर्खा वारियर’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो फिल्म हिजोबाट एक्लै प्रदर्शनमा आएको हो । गोर्खा वारियरमा नव अभिनेता रितेश चाम्ससँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।
Discussion about this post